वरिष्ठ पत्रकार भण्डारीलाई जनसेवा पदक - Chaitanya News
  • 2026-06-09
  • 06:25:56
  • मंगलबार,जेठ २६, २०८३
  • वरिष्ठ पत्रकार भण्डारीलाई जनसेवा पदक

    वरिष्ठ पत्रकार भण्डारीलाई जनसेवा पदक

    काठमाडौं- वरिष्ठ पत्रकार मुकुन्द भण्डारी जनसेवा पदकबाट सम्मानित भएका छन्। गृह मन्त्रालयले संविधान दिवसका अवसरमा मानपदवी, अलंकार र पदक पाउनेको नाम सार्वजनिक गरेको हो।

    राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गरिने मानपदवी, अलंकार र पदक पाउनेमा भण्डारीको नामसमेत रहेको छ।

    रेडियो नेपालमा कार्यरत भण्डारी लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका छन्। उनी पहिलो डोटेली भाषाको रेडियो कार्यक्रम सञ्चालन गर्ने व्यक्तिसमेत हुन्।

    भण्डारी नेपाल पत्रकार महासंघका लेखासमिति सदस्यसमेत रहेका छन्।