भौतिक संरचनामात्र होइन, कला-संस्कृतिलाई पनि राष्ट्रिय गौरवको आयोजना मान्नुपर्छ : जगमान गुरुङ - Chaitanya News
  • 2026-04-23
  • 00:18:30
  • बुधबार,बैशाख ०९, २०८३
  • भौतिक संरचनामात्र होइन, कला-संस्कृतिलाई पनि राष्ट्रिय गौरवको आयोजना मान्नुपर्छ : जगमान गुरुङ

    भौतिक संरचनामात्र होइन, कला-संस्कृतिलाई पनि राष्ट्रिय गौरवको आयोजना मान्नुपर्छ : जगमान गुरुङ

    काठमाडौं- नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतविद् डा. गजमान गुरुङले भौतिक संरचनालाई मात्र राष्ट्रिय गौरवको योजना मान्नु गलत भएको बताएका छन्।

    चैतन्य एकेडेमीद्वारा धुलिखेलको आगन्तुक रिसोर्टमा आयोजित दुई दिने सुशासन र समृद्धि विषयक सेमिनारमा भाषा, साहित्य, संस्कृति र समृद्धि विषयमा बहस गर्दै गुरुङले कला, साहित्य पनि समृद्धिको एउटा आधार भएको बताए। ‘भौतिक समृद्धि मात्रै राष्ट्रिय गौरवको आयोजना होइन। कला, साहित्यको समृद्धिलाई पनि राष्ट्रिय गौरवको आयोजना हुनसक्छ भन्ने कुरालाई नेताहरूले बुझ्न जरुरी छ,’ उनले भने।

    उनले समृद्धि भनेको केहो भन्ने विषयमा सबै जना प्रस्ट हुनुपर्ने बताए। नेपाल कला, साहित्यका क्षेत्रमा धनी रहेको बताउँदै उनले यसको गरिमा बचाउनु पर्ने धारणा राखे।

    ‘पश्चिमा देश समृद्ध छन्। तर, उनीहरू मनरोगी छन्। मलाई सान्त पार्न हाइकिङ भन्दै हिँड्न नेपालमै पनि आउँछन्। हामी त भौतिक, सांस्कृति रूपमा सम्पन्न छौं। यसको गरिमालाई बचाउनुपर्छ,’ उनले भने।

    उनले आफूले कसैलाई पनि हिन्दु नदेखेको धारणा राखेका छन्। फिरंगीको पाइन्ट लगाएर नेपाली संस्कृतिको संरक्षण गर्छु भन्नु गफमात्रै भएको गुरुङ बताउँछन्।

    आर्थिक, भौतिक र सांस्कृतिक समृद्धिका लागि राजनीतिले मात्रै केही गर्न नसक्ने भएकाले सबै क्षेत्रको समानुपातिक रुपमा विकास हुनुपर्ने उनले बताए।

    ‘अहिले सबैभन्दा बेमान प्राज्ञिक क्षेत्र भएको छ। साच्चिकै प्राज्ञिक हो भने गलतलाई गलत भन्न सक्नुपर्छ। नेताहरूको चाकडि गर्नु हुँदैन,’ उनले भने। गुरुङ आफू भन्दा गैरराजनीतिक व्यक्ति भएको बताउँछन्। आफू जातिय धरातलभन्दा माथि उठेर नेपालको दीगो विकासमा प्रतिवद्ध रहेको उनले बताए।

    नेपालमा सात प्रदेशलाई जातिय प्रदेशको नाम दिने कुरा भए पनि आफू भने साझा नाम राख्ने पक्षमा रहेको र आफ्नो गणडकी प्रदेशको नाम राख्दा पनि आफू त्यही अडानमा प्रतिवद्ध रहेको गुरुङको भनाइ छ। आफू कुनै नेताको घरमा हजुर भन्दै जाने व्यक्ति नभएको उनले बताए। ‘ईश्वर मान्छु, पितृ मान्छु। नेता मान्दैन,’ उनले भने।