काठमाडौं- सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् । बुधबार राति २ बजेर ५६ मिनेटमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । मृत भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ । प्रहरी जवानले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान छ । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।


