राष्ट्रपति निर्वाचन: ८८१ मतदाताको नामावली सार्वजनिक - Chaitanya News
  • 2026-05-15
  • 19:15:15
  • शुक्रबार,जेठ ०१, २०८३
  • राष्ट्रपति निर्वाचन: ८८१ मतदाताको नामावली सार्वजनिक

    राष्ट्रपति निर्वाचन: ८८१ मतदाताको नामावली सार्वजनिक

    काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि बुधबार मतदाता नामावली प्रकाशन गरेको छ। मतदाता नामावली बिहान १० बजे निर्वाचन अधिकृतको कार्यलयमा प्रकाशन गरिएको आयोगले जनाएको छ।

    संघीय संसदका २३३१ र प्रदेश सभाका ५५० सांसद गरी कुल ८८१ सदस्यको मतदाता नामावली प्रकाशन गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति निर्वाचनमा संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा,राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुने व्यवस्था छ।

    मतदाता नामावलीमाथि उजुरी दिने समय आज र भोलिको लागि तोकिएको छ। पर्न आएका उजुरी माथि छानविन र कारवाही गर्ने मिति शुक्रबार ३ बजेसम्म हुनेछ भने ४ बजे अन्तिम नामावाली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

    आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रूपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ। १३ फागुनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराइसकेको छ।

    आयोगका अनुसार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईवटा मतदान केन्द्र हुनेछन्।

    विज्ञप्ति: