डीआईजी अशोक सिंह राजीनामा दिने तयारीमा - Chaitanya News
  • 2026-05-09
  • 18:49:22
  • शनिबार,बैशाख २६, २०८३
  • डीआईजी अशोक सिंह राजीनामा दिने तयारीमा

    डीआईजी अशोक सिंह राजीनामा दिने तयारीमा

    काठमाडौं । नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार उनले राजीनामा बुझाउने तयारी गरेका हुन् ।

    सिंहले राजीनामा दिएमा भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् ।

    बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक(फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो ।

    जन्ममिति विवाद सार्वजनिक भएपछि सिंह राजीनामा दिने तयारीमा लागेको स्रोतले बताएको छ ।