कन्चटमा गोली लागेको अवस्थामा प्रहरी जवान मृत फेला - Chaitanya News
  • 2026-05-09
  • 20:05:05
  • शनिबार,बैशाख २६, २०८३
  • कन्चटमा गोली लागेको अवस्थामा प्रहरी जवान मृत फेला

    कन्चटमा गोली लागेको अवस्थामा प्रहरी जवान मृत फेला

    काठमाडौं- सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

    कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

    बुधबार राति २ बजेर ५६ मिनेटमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

    मृत भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ ।

    प्रहरी जवानले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान छ । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।