राष्ट्रपतिमा बिदेशीको सिफारिस चल्नु लज्जास्पदः भीम रावल - Chaitanya News
  • 2026-05-09
  • 20:05:01
  • शनिबार,बैशाख २६, २०८३
  • राष्ट्रपतिमा बिदेशीको सिफारिस चल्नु लज्जास्पदः भीम रावल

    राष्ट्रपतिमा बिदेशीको सिफारिस चल्नु लज्जास्पदः भीम रावल

    काठमाडौं-  नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपतिको नाम बिदेशीहरुले सिफारिस गरेको देख्दा लज्जा भएको बताएको छन्।

    बिहीबार सामाजिक सञ्जालमार्त रावलले देश र जनताका लागि छलफल गरेको भए जनतालाई राहात हुन्थ्यो तर त्यो नगरेको पनि बताएका छन्।

    ‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि?’ रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले। लज्जास्पद र निन्दनीय।’