पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने - Chaitanya News
  • 2026-05-09
  • 20:05:05
  • शनिबार,बैशाख २६, २०८३
  • पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने

    पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने

    काठमाडौं-  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि रात्रिकालीन उडानका लागि तयार भएको छ ।

    विमानस्थलमा बिहीबारदेखि रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएसँगै विमानस्थलबाट अब रात्रीकालिन उडान तथा अवतरण हुनसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले जनाएको छ ।

    यसअघिसम्म भिज्योल फ्लाइट रुल्स (भीएफआर) प्रणालीमा विमानस्थल चल्दै आएको थियो ।

    गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइएफआर प्रणाली लागू नहुँदा अन्तर्राष्ट्रिय उडानहरु गराउन समस्या रहेको थियो । आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिएफआरको तुलनामा सुरक्षित समेत रहने बताइएको छ ।

    विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएसँगै निजी क्षेत्रका हवाई कम्पनीले रात्रिकालीन उडानको तयारी समेत थालेका छन् । बुद्ध एयरले आगामी फागुन २५ देखि पोखरामा रात्रिकालीन उडानको तयारी गरेको छ । बुद्धका चारवटा विमान रात्रीकालिन उडानका लागि पोखरा विमानस्थलमा रहने भएका छन् ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सीधा उडान गर्न केही विदेशी एअरलाइन्सहरुले पनि चासो देखाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।