चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 831 of 1151
  • 2026-11-21
  • 10:36:51
  • शनिबार,मंसिर ०६, २०८३

About Author

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

काठमाडौं- भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। सोही प्रकरणमा आज मात्रै नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि पक्राउ परेका छन् । प्रहरीले उनलाई आज दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो। नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं ठगी भएको फेला परेपछि प्रहरीले त्यस घटनामा जोडिएका पूर्वमन्त्री र बहालवाला सचिवसहित १५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

News by भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ :