काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउनेलाई कारबाही गर्न कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाएका छन्।
आजको प्रतिनिधिसभामा भइरहेको प्रश्नोत्तरको क्रममा उनले प्रहरी प्रशासनले निष्पक्ष छानबिन गरिरहेको बताए। प्रहरीलाई अनुसन्धानमा कुनै निकायबाट हस्तक्षेप नभएको हुन पनि नदिने प्रतिवद्धता जनाए।
उनले भ्रष्टाचारको अन्य प्रकरणको पनि अनुसन्धान र कारबाही हुने बताए। दोषी उक्काउन नपाओस् र निर्दोष नउम्कियोस् भन्नेमा सचेत रहेको बताए।
जुनसुकै तह र तप्काका भए पनि दोषी कारबाहीको दायरामा आउने बताउँदै उनले आग्रह, पूर्वाग्रह नगरी अन्तिम निष्कर्ष निकाली कारबाहीको तयारी भएको बताए।