राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीनदिन छलफल हुने - Chaitanya News
  • 2026-07-06
  • 05:06:55
  • आइतबार,आषाढ २१, २०८३
  • राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीनदिन छलफल हुने

    राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीनदिन छलफल हुने

    काठमाडौं – सरकारले पेस गर्ने नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा तीनदिन छलफल हुने भएको छ ।

    बिहीबार बसेको राष्ट्रिय सभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार सरकारले पेस गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि तीनदिन छलफल गर्ने निर्णय गरेको हो ।

    बैठकले नीति तथा कार्यक्रम माथि जेठ ७, ८ र ९ गते छलफल गर्ने र ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने निर्णय गरेको हो ।