शिक्षा नीतिमा सुधार गर्छौ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 02:20:00
  • आइतबार,कार्तिक ३०, २०८३
  • शिक्षा नीतिमा सुधार गर्छौ : प्रधानमन्त्री प्रचण्ड

    शिक्षा नीतिमा सुधार गर्छौ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक शिक्षाको सुधार गर्न सरकारले शिक्षा नीतिमा सुधार गर्ने तयारी गरेको बताए। बिहीबार संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद इश्वरी न्यौपानेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

    सरकारी एवम् सार्वजनिक शिक्षा सुधारलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखिएको उनको भनाइ छ। सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले सरकारी विद्यालयमा गुणस्तरीय र रोजगार मुलक शिक्षा प्रदान गरी स्वदेशमा नै अवसर सिर्जना गर्न हालको शिक्षा नीतिमा केही गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको जानकारी दिए।

    प्रधानमन्त्री प्रचण्डले विद्यालयको संरचनागत र भौतिक सुधारमा पनि जोड दिइने बताएका छन्।