चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 678 of 1152
  • 2026-11-21
  • 23:32:07
  • शनिबार,मंसिर ०६, २०८३

About Author

यति एयरलाइन्सले रात्रि उडान भर्दै

काठमाडौँ । काठमाडौँबाट यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान (आईएफआर उडान) सुरु गरेको छ । यो उडान आइतबारदेखि लागु हुने गरी तालिका मिलाएको यती एयरलाइन्सले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै रात्रि उडानको सुविधा थियो । यतीले भने आइतबारदेखि मात्रै रात्रि उडान सुरु गरेको हो । रात्रि उडानका लागि यतीले काठमाडौँबाट साँझ ५ः३० बजे उडान न एनवाईटी ६८३ र पोखराबाट साँझ ६ः२० बजे उडान नम्बर एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । अहिले साँझ एउटा मात्र उडान रहे पनि यात्रुको माग अनुसार उडान संख्या थप्दै जाने योजना रहेको उनले जनाए । पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।