धनगढी- हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा धनगढी लेडी जेसिजद्वारा शनिबार धनगढीको होटेल डिभोटीको सभाहलमा आयोजित बिबिध सांस्कृतिक कार्यक्रमका साथ तिज विशेष कार्यक्रम सम्पन्न भएको छ।
धनगढी लेडी जेसिज वर्ष २०२३ की अध्यक्ष जेसि सरिता साउँदको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य राना थारु समुदायबाट पहिलो विद्या वारिधी गरेकी संस्कृतिकर्मी डा. जीवन राना, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य महिला नेत्री समाजसेवी पुष्पा भट्ट, नेपाल सांस्कृतिक महासंघ केन्द्रीय सदस्य संस्कृतिकर्मि एवं गजलकार विष्णु भक्त खैर, नेपाल सांस्कृतिक महासंघ कैलाली जिल्ला कार्यबाहक अध्यक्ष चलचित्रकर्मी एवं संस्कृतिकर्मी मेघा भट्टलगायत विभिन्न व्यक्तित्वहरूको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
धनगढी लेडी जेसिजले सामाजिक सेवा भावका विभिन्न रचनात्मक क्रियाकलापहरु गर्दै आएको कुरा जानकारी गराउँदै अध्यक्ष जेसि सरिता साउँदले वर्ष २०२३ को मध्यतिर आइपुग्दाको अवस्थासम्म थुप्रै आरोह अवरोह पार गर्दै त्यसका बाबजुद पनि संस्थामा उत्साह, उच्च मनोबल र साहसका साथ तमामौं सहयोगी महानुभावहरूका कारण आजको कार्यक्रमसम्म आइपुगेको बताइन्।
कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यसका साथै महिला दिदीबहिनीलाई दर खुवाउने र मायाको चिनो दिँदै बिदाई गरिएको थियो।
धनगढी लेडी जेसिजकी कानुनी सल्लाहकार जेसि सुशिला बिष्ट निरौलाले सञ्चालन गरेको कार्यक्रममा सदस्य मञ्जु चन्दले स्वागत मन्तव्य ब्यक्त गरेकी थिइन्।