विद्युतीय खरिद प्रणालीको सहजीकरणका लागि हटलाइनको व्यवस्था - Chaitanya News
  • 2026-11-19
  • 06:29:31
  • बिहिबार,मंसिर ०४, २०८३
  • विद्युतीय खरिद प्रणालीको सहजीकरणका लागि हटलाइनको व्यवस्था

    विद्युतीय खरिद प्रणालीको सहजीकरणका लागि हटलाइनको व्यवस्था

    काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास गरेको विद्युतीय खरिद प्रणालीको प्रयोगमा सहजता ल्याउन हटलाइनको व्यवस्था गरेको छ। उक्त प्रणालीको प्रयोगमा सार्वजनिक निकाय, वस्तु वा सेवाको आपूर्तिकर्ता र निर्माण व्यवसायीले विद्युतीय खरिद प्रणालीको सफ्टवयर प्रयोग गर्दा कुनै समस्या आए वा अस्पस्टता भए सोको तत्काल समाधानका लागि सहयोग कक्ष अर्थात हटलाइनको व्यवस्था गरिएको जनाइएको छ।

    सार्वजनिक खरिद जटिल र प्राविधिक विषय भएको र २० लाखभन्दा बढीका सवै खरिदमा विद्युतीय खरिद प्रणालीको प्रयोग अनिवार्य भएकोले विद्युतीय खरिद प्रणालीको प्रयोगमा प्रयोगकर्तालाई सहजीकरण गर्न बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सहयोग कक्षबाट यस प्रकारको सेवा लिन सकिने सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीले बताए। उनका अनुसार यसका लागि दुईवटा ल्याण्ड लाइन नम्वर 01-5382639, 01-5300516 र आठ वटा मोवाइल नम्वरहरू 9841325431, 9865056678, 9849115673, 9861383063, 9860685159, 9814970370, 9861489014, 9803009827 को व्यवस्था गरिएको छ।

    यी हटलाइनबाट विद्युतीय खरिद प्रणालीको स्थापना र सञ्चालनको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास गरेको बोलपत्र डट गभ डट एन पि को प्रयोग गर्ने तरिका प्रणाली प्रयोग कर्ताको लागि युजर नेम र पासवर्ड लिने तरिका खरिद महाशाखा वा शाखा वा इकाईको गठन तथा अद्यावधिक गर्ने, खरिद योजनाको तयारी, स्वीकृति, परिमार्जन र प्रकाशन गर्ने, खरिद कार्यको बोलपत्र वा प्रस्ताव कागजात तयारी, स्वीकृति र प्रकाशन गर्ने, बोलपत्र पेश गर्नुपूर्वको बैठक आयोजना गरेको अवस्थामा सो बैठकको माइन्यूट प्रकाशन गर्ने, बोलपत्र वा प्रस्ताव खोल्ने मिति र समयको वारेमा खरिद प्रक्रियामा सहभागी बोलपत्रदाताहरुलाई प्रणालीबाटै जानकारी दिने, खरिदको आशयपत्रको सुचना जारी गर्ने, खरिद निर्णयको पुनरावलोकन सम्बन्धी कार्य गर्ने, खरिदको सम्झौता र करार व्यवस्थापन सम्बन्धी कार्य गर्ने, खरिद कार्यको विद्युतीय भुक्तानी गर्ने, सार्वजनिक खरिद व्यवस्थापन सुचना प्रणाली व्यवस्थित गर्ने क्रममा प्रणालीको प्रणालीको प्रयोगमा आएका समस्या वारे समाधान प्राप्त गर्न सकिनेछ।

    यसैगरि बोलपत्रदाताले पनि विद्युतीय प्रणालीको प्रयोगमा सामना गरेका समस्या वा अस्पस्टतालाइ हटलाइन प्रयोग गरि सहयोग प्राप्त गर्न सक्दछन्। बोलपत्रदाताले बोलपत्र पेश गर्ने तरिका, बोलपत्र सम्बन्धी कागजातमा द्विविधाको जानकारी लिने, संयुक्त उपक्रममा भाग लिने भएमा सो सम्बन्धी कार्य, खरिद पुनरावलोकनको लागि निवेदन पेश गर्ने, बोलपत्र सम्बन्धी जमानतहरु पेश गर्ने , खरिदको सम्झौता सम्बन्धी कार्य र खरिदको भुक्तानी माग गर्ने कार्य विद्युतीय प्रणालीवाटै गर्नु पर्नेछ।

    सहयोग कक्ष मा रहेका हटलाइनहरुवाट यी लगायत अन्य आवश्यक विषयमा जानकारी लिन सकिने कुरा उनले बताए। कार्यालयको र विद्युतीय खरिद प्रणालीको वेवसाइटबाट कुन-कुन बोलपत्रहरूको सूचना प्रकाशन भएको छ र सो को म्याद कति वांकी छ भन्ने कुरा पनि जानकारी लिन सकिने उनले बताए। साथै वेव साइटमा विभिन्न नमुना बोलपत्र काजगातहरू ऐन नियम र निर्देशिकाहरू पनि राखिएको उनले वताए। सार्वजनिक खरिद कार्यमा प्रभावकारिता ल्याउन विभिन्न सुधारका कामहरुको थालनी गरिएको पनि उनले बताए।