यति एयरलाइन्सले रात्रि उडान भर्दै - Chaitanya News
  • 2026-11-21
  • 16:57:04
  • शनिबार,मंसिर ०६, २०८३
  • यति एयरलाइन्सले रात्रि उडान भर्दै

    यति एयरलाइन्सले रात्रि उडान भर्दै

    काठमाडौँ । काठमाडौँबाट यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान (आईएफआर उडान) सुरु गरेको छ । यो उडान आइतबारदेखि लागु हुने गरी तालिका मिलाएको यती एयरलाइन्सले जनाएको छ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै रात्रि उडानको सुविधा थियो । यतीले भने आइतबारदेखि मात्रै रात्रि उडान सुरु गरेको हो ।

    रात्रि उडानका लागि यतीले काठमाडौँबाट साँझ ५ः३० बजे उडान न एनवाईटी ६८३ र पोखराबाट साँझ ६ः२० बजे उडान नम्बर एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

    अहिले साँझ एउटा मात्र उडान रहे पनि यात्रुको माग अनुसार उडान संख्या थप्दै जाने योजना रहेको उनले जनाए । पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।