चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1065 of 1111
  • 2026-10-11
  • 19:38:12
  • आइतबार,आश्विन २५, २०८३

About Author

नेकपा एसभित्र टिकटका लागि लम्बेतान लाइन :  माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उठ्ने आकांक्षीहरूको लम्बेतान लाइनका कारण व्यवस्थापन असहज भएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा उठेर दुई कदम पनि हिँड्न नसक्ने वृद्धहरूले समेत टिकटका लागि मरिहत्ते गरेको नेता नेपालले खुलासा गरे। उनले भने, ‘पहिले चुनाव नलड्न नपाए हुन्थ्यो भन्नेहरूले पनि अहिले टिकट लिन हानथाप गरिरहेका छन्। व्यवस्थापन गर्न असाध्यै मुस्किल भएको छ।’ सबैलाई टिकट चाहिएको र नपाउनेहरू कतै बेहोसै हुन्छन् कि भन्ने अवस्था रहेको उनले सुनाए। अध्यक्ष नेपालले नेता, कार्यकर्तालाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन आग्रह गरे।  

News by नेकपा एसभित्र टिकटका लागि लम्बेतान लाइन :  माधव नेपाल :