चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1052 of 1111
  • 2026-10-12
  • 01:09:15
  • आइतबार,आश्विन २५, २०८३

About Author

प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य संयन्त्र मौन छ : डा. रामवरण यादव

काठमाडौं– पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दुःखेसो गरेका छन्। शुक्रवार काठमाडौंमा आयोजित १५३ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई बोल्र्दै उनले यस्तो बताएका हुन्। उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यक भन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए। पूर्व राष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका काकरण प्राकृतिक विपद्हरु दिनप्रतिदित बढीरहेको बताए। उनले नेपालमा मात्रै नभइ विश्वमा नै क्लाइमेट इमर्जेन्सी, ग्लोवल वार्निङको समस्या रहेको बताए। उनले वैज्ञानिकहरुले प्राकृकित श्रोत सम्पदाहरुको दोहन गर्दा आउनसक्ने परिणामको चेतावनी दिँदासमेत विश्वका नेतृत्वकर्ताहरुले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको बताए। पूर्व राष्ट्रपति यादवले प्रकेति दोहन गर्दा हाल जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढीरहेको उल्लेख गर्दै यस्ता समस्याहरु समाधानका लागि विशेष योजना बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे। उनले प्रकृतिको संरक्षण नगरे मानव सभ्यता नै धरापमा पर्ने अवस्था आइसकेको बताए। उनले भने, ‘अहिले जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढीरहेका छन्। २१ औं शताब्दीमा रुस र युक्रेनको युद्धले लाखौं मानिस मरिरेहका छौँ।’ पूर्व राष्ट्रपति यादवले प्राकृतिक सम्पदाहरुको विनाशका कारण कोरोनालगायतका विभिन्न रोगहरु आइरहेको भन्दै प्रकृतिको संरक्षण गर्न सबै जुट्नुको विकल्प नरहेको बताए। उनले महात्मा गान्धीको जीवनी आफैँमा एउटा पुस्तक रहेकोले सबैले गान्धीको जीवनबाट पाठ सिक्न आवश्यक भएको बताए।

News by प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य संयन्त्र मौन छ : डा. रामवरण यादव :