शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्यो - Chaitanya News
  • 2026-06-02
  • 19:12:18
  • मंगलबार,जेठ १९, २०८३
  • शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्यो

    शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्यो

    काठमाडौं– शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९३ हजार रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।

    यसअघि, बिहीबार छापावाल सुन तोलाको ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो। यता, शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला ११ सय ७० रुपैयाँ कायम रहेको छ।