अफगानिस्तानको एजुकेसन सेन्टरमा भएको विस्फोट, १९ जनाको मृत्यु - Chaitanya News
  • 2026-06-03
  • 00:27:04
  • मंगलबार,जेठ १९, २०८३
  • अफगानिस्तानको एजुकेसन सेन्टरमा भएको विस्फोट, १९ जनाको मृत्यु

    अफगानिस्तानको एजुकेसन सेन्टरमा भएको विस्फोट, १९ जनाको मृत्यु

    काठमाडौं– अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ। केही घाइते भएका छन्।

    प्रहरीका अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो। सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको हो।

    इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका हुन्। बीबीसीका अनुसार हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको हो। घटनाको कुनै समूहले जिम्मा लिएको छैन।

    तालिबानको गृह मन्त्रालयले घटनाको निन्दा गरेको छ।