अब पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आयो’ : गगन थापा - Chaitanya News
  • 2026-04-18
  • 13:01:14
  • शनिबार,बैशाख ०५, २०८३
  • अब पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आयो’ : गगन थापा

    अब पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आयो’ : गगन थापा

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठुलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका छन्। शुक्रबार काठमाडौं ४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता थापाले सो कुरा गरेका हुन्।

    केको लागि पार्टी बनाएको भन्दा चुनाव जित्न मात्रै भएको भन्दै उनले अब आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताए।

    उनले भने – ‘पार्टीभित्र ठुलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ। पार्टीलाई ठिक ठाउँमा पुर्‍याउनुपर्ने बेला आएको छ। नभए त पार्टी त केवल सत्ताको हतियार मात्र हुने भयो । केको लागि पार्टी बनाएको भन्दा त चुनाव जित्न मात्रै भयो।’

    कार्यक्रममा उनले पार्टीमा कार्यकर्तालाई समान व्यवहार हुन नसकेको भन्दै दुखेसो पनि पोखे । यस्तै उनले डेङ्गु नियन्त्रणमा पनि सरकारको ध्यान जान नसकेको पनि बताए।