चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1051 of 1111
  • 2026-10-12
  • 01:09:15
  • आइतबार,आश्विन २५, २०८३

About Author

अध्यक्ष थापा भन्छन् : आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुन्छ

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले हाल विकसित ध्रुवीकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिष्पर्धा हुने देखिएको बताएका छन्। शनिवार बागमती गाउँपालिकाको फापरबारीमा आयोजित सभालाई बोल्र्दै थापाले राष्ट्रलाई माया गर्ने र विदेशी चलखेलबाट देशलाई मुक्त पार्न चाहनेहरू जति आगामी चुनावमा सबै एकजुट हुनुपर्नेमा जोड दिए। मुलुक कूशासनको दल–दलमा भाँसिएको, भ्रष्टाचारको चक्रब्यूहमा फसेको भन्दै थापाले राष्ट्रवादी भावना नभएकाहरूले देशको स्वाभिमान जोगाउन नसक्ने जिकिर गरे । पछिल्लो समय मुलुकलाई स्थिरता र समृद्धिको बाटोमा लैजानेभन्दा अस्थिर बनाई विदेशी प्रभावलाई बढाउने खेल भइइरहेको भन्दै उनले अब जनता सचेत र जागरुक हुनुपर्नेमा जोड दिए। कार्यक्रममा नेपाली कांग्र्रेस परित्याग गर्ने तरुण दलका नेता सूर्य थोकर, नेपाली कांग्रेस बागमती गाउँ कमिटी सचिव सिरित राई, तरुण दल बागमती १ अध्यक्ष प्रेम लोप्चन, राप्रपा सम्बद्ध युवा बागमती अध्यक्ष आशमान बल, बागमती २ का पुराना राजनीतिकर्मी सुकराम राई, राप्रपा वडा अध्यक्षहरू शरणकाजी श्रेष्ठ, सुमन राईलगायत दर्जनौँ कार्यकर्ताहरू राप्रपा नेपाल प्रवेश गरेका थिए। कार्यक्रममा नेताहरू गणेश थापा, राजाराम बर्तौला, गुरुप्रसाद सापकोटा, दिलबहादुर बल, प्रेम लोप्चन, सुर्य थोकर, सिरित राई, मदन रानालगायतले बोलेका थिए।

News by अध्यक्ष थापा भन्छन् : आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुन्छ :