‘मेरा सबै इच्छा पूरा भए’ अभिनेत्री : आशा पारेख - Chaitanya News
  • 2026-04-18
  • 18:00:25
  • शनिबार,बैशाख ०५, २०८३
  • ‘मेरा सबै इच्छा पूरा भए’ अभिनेत्री : आशा पारेख

    ‘मेरा सबै इच्छा पूरा भए’ अभिनेत्री : आशा पारेख

    काठमाडौं– बलिउड अभिनेत्री आशा पारेख ६८ औं दादासाहेब फाल्के अवार्डबाट सम्मानित भएकी छिन्। राष्ट्रपति द्रौपदी मुर्मुले आशालाई एक कार्यक्रमका बीच अवार्ड प्रदान गरिन्। अवार्ड पाउँदा निकै खुसी लागेको आशाले बताइन्।

    यो अवार्ड मेरो जन्मदिनको दुई दिनअघि नै पाएछु। यो मेरो ८० औं जन्मदिनका लागि सबैभन्दा राम्रो उपहार हो। यो अवार्ड पाउँदा खुसी लागेको छ। मेरा सबै इच्छा पूरा भएजस्तो लाग्छ। सुरुमा यो अवार्ड पाएको थाहा पाएपछि पत्याउनै सकिनँ। तर अहिले यो अवार्ड पाएको जस्तो लाग्छ।

    आशाको जन्म मुम्बईमा भएको थियो। उनले १० वर्षको उमेरमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन्। आशाले करिब ९५ बलिउड फिल्ममा काम गरिसकेकी छिन्। उनी पछिल्लो पटक सन् १९९९ मा आएको फिल्म ‘सर आँखो पर’ मा देखिएकी थिइन्। आशा ११ पटक लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित र १९९२ मा भारत सरकारले उनलाई देशको प्रतिष्ठित पद्मश्री अवार्डबाट सम्मानित गरेको थियो।

    आशा हाल डान्स एकेडेमी ‘कारा भवन’ चलाइरहेकी छिन्। यसबाहेक मुम्बईको सान्ता क्रुजमा उनको अस्पताल ‘बीसीजे अस्पताल र आशा पारेख रिसर्च सेन्टर’ पनि सञ्चालनमा छ।