नेपालमा पछिल्लो २४घण्टामा थप ६३ जनामा कोभिड–१९ संक्रमण पुष्टि - Chaitanya News
  • 2026-04-18
  • 17:58:01
  • शनिबार,बैशाख ०५, २०८३
  • नेपालमा पछिल्लो २४घण्टामा थप ६३ जनामा कोभिड–१९ संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४घण्टामा थप ६३ जनामा कोभिड–१९ संक्रमण पुष्टि

    काठमाडौं– नेपालमा थप ६३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ९ सय ४१ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार ५ सय ९४ एन्टीजेन परिक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १ सय ३ जना निको भएका छन्। हाल नेपालमा १ हजार ४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।