चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1092 of 1110
  • 2026-10-09
  • 16:03:56
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

सांसद गिरीको निधनमा सिरहाको लहान नगरपालिकामा आज शोक बिदा

जनकपुरधाम– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ। लहान नगर प्रमुख महेश चौधरीले नेता गिरीका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए। लहान–१० निवासी गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो। उनको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ। समाजवादी चिन्तक गिरी गत २०७४ सालको निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

News by सांसद गिरीको निधनमा सिरहाको लहान नगरपालिकामा आज शोक बिदा :