एक सिडिओ र चार सहायक सिडिओसहित ३२ अधिकारीको सरुवा,को कहाँ पुगे? (सूचीसहित) - Chaitanya News
  • 2026-10-09
  • 16:08:01
  • शुक्रबार,आश्विन २३, २०८३
  • एक सिडिओ र चार सहायक सिडिओसहित ३२ अधिकारीको सरुवा,को कहाँ पुगे? (सूचीसहित)

    एक सिडिओ र चार सहायक सिडिओसहित ३२ अधिकारीको सरुवा,को कहाँ पुगे? (सूचीसहित)

    काठमाडौँ– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयको नेतृत्व तथा प्रशासनिक जिम्मेवारीमा रहेका अधिकारीसहित ३२ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले असोज १५ र २३ गतेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको हो।

    सरुवामा एक प्रमुख जिल्ला अधिकारी (सिडिओ) र चार सहायक प्रमुख जिल्ला अधिकारीसमेत परेका छन्। निर्णयसँगै गृह प्रशासनअन्तर्गत विभिन्न निकायमा कार्यरत अधिकारीहरूको कार्यस्थल तथा जिम्मेवारी परिवर्तन भएको छ।

    मन्त्रालयको पछिल्लो निर्णयले जिल्ला प्रशासन कार्यालयको नेतृत्वदेखि सहायक प्रशासनिक जिम्मेवारीसम्मका अधिकारीलाई समेटेको छ। सरुवा तथा पदस्थापनसम्बन्धी विवरणअनुसार कुल ३२ अधिकारीको जिम्मेवारी हेरफेर गरिएको हो।