सांसद् प्रदीप गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित - Chaitanya News
  • 2026-04-20
  • 14:25:12
  • सोमबार,बैशाख ०७, २०८३
  • सांसद् प्रदीप गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित

    सांसद् प्रदीप गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौँ – प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

    आज बिहान ११ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसको आग्रहमा स्थगित भएको संसद सचिवालयले जनाएको छ।

    गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।

    शनिबार राति साढे ९ बजे निधन भएका गिरीको पार्थिव शरीरलाई दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ।

    गिरीको शवको आजै पशुपतिमा अन्त्येष्टि गर्ने तयारी छ।