थारू समुदाय अस्टिम्की पर्व मनाउँदै - Chaitanya News
  • 2026-05-24
  • 15:54:40
  • आइतबार,जेठ १०, २०८३
  • थारू समुदाय अस्टिम्की पर्व मनाउँदै

    थारू समुदाय अस्टिम्की पर्व मनाउँदै

    काठमाडौं– राजधानीवासी थारूहरूले आज (शुक्रबार) अस्टिम्की पर्व मनाउने भएका छन्। काठमाडौंमा रहेका थारू संघ–संस्थाहरूको संयुक्त आयोजनामा हुने कार्यक्रमका लागि मूल आयोजक समिति बनाइएको छ। यसपटक थारू कलाकार मञ्चले अस्टिम्की कार्यक्रमको संयोजन गर्दैछ।

    थारु कलाकार मञ्चका अध्यक्ष विनय वैद्यका अनुसार अष्टिम्की भृकुटीमण्डपस्थित पर्यटल बोर्डमा मनाइने छ। प्रमुख अतिथिसमेत रहने सहरी विकासमन्त्री मेटमणि चौधरी मध्यान्ह १२ बजे कार्यक्रमको उद्‍घाटन गर्ने मूल आयोजक समितिले जनाएको छ। कार्यक्रममा अष्टिम्की पर्वको इतिहास र महत्वबारे जानकारी दिइनेछ। यसपटक पराम्परागत रूपमा थारुहरूको डेहरी (भकारी)मा चित्र कुँदेर अष्टिम्की टिक्ने तयारी रहेको वैद्यले बताए। ‘यसअघिका वर्षमा हामीले सादा पोस्टरमा चित्र कुँदेर अस्टिम्की टिक्ने गर्थ्यौं। यसपटक थारू परम्पराअनुसार डेहरीमा चित्र कुँदेर टिक्ने तयारी छ,’ उनले भने। कार्यक्रममा देशभरिका राष्ट्रिय थारू कलाकारहरूको उपस्थिति रहने र थारू कला, साहित्य, संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउनेलाई सम्मानसमेत गर्ने बताएको छ।