मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु : ओली - Chaitanya News
  • 2026-04-20
  • 14:28:46
  • सोमबार,बैशाख ०७, २०८३
  • मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु : ओली

    मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु  : ओली

    काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनप्रति समवेदना व्यक्त गरेका छन्।

    सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले गिरीको निधनबाट मर्माहत भएको बताएका हुन्।

    ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु। उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ उनले भनेका छन्।

    काँग्रेसका विचारशीलका रुपमा परिचित नेता गिरीको शनिबार राति उपचारको क्रममा निधन भएको थियो। घाँटीको क्यान्सर सामना गरिरहेका थिए।