चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 463 of 1153
  • 2026-11-22
  • 20:56:05
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आजको मौसम: यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम पर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। जसको प्रभावले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लागेकोमहाशाखाले जानकारी दिएको छ। यस्तै महाशाखाका अनुसार, आज मधेस प्रदेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

News by आजको मौसम: यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना :