नागरिक लगानी कोषले गर्‍यो पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग - Chaitanya News
  • 2026-05-01
  • 09:44:45
  • शुक्रबार,बैशाख १८, २०८३
  • नागरिक लगानी कोषले गर्‍यो पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

    नागरिक लगानी कोषले गर्‍यो पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

    काठमाडौँ– नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

    कोष अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

    यससँगै कोषमा कुल सहायता रकम १४ करोड ७ लाख रुपैयाँ जम्मा भइसकेको अर्थ मन्त्रालयले जनाएको छ।

    कोषमा पुर्‍याएको योगदानका लागि अर्थमन्त्री खनालले सरकारका तर्फबाट नागरिक लगानी कोषलाई धन्यवाद दिएका छन्।