निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने पूर्णबहादुर खड्काको चेतावनी - Chaitanya News
  • 2026-06-22
  • 09:42:51
  • सोमबार,आषाढ ०८, २०८३
  • निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने पूर्णबहादुर खड्काको चेतावनी

    निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने पूर्णबहादुर खड्काको चेतावनी

    काठमाडौं– शेरबहादुर देउवाले नेतृत्व गरिरहेको कांग्रेसले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ।

    आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त्यस्तो अवस्था आए देशभर आन्दोलन गर्ने बताए।

    ‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन। तर, आशंकाहरू छन्,’ खड्काले भने, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ। हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौं।’

    उनले त्यस्तो अवस्थामा आए पार्टीको आह्वानमा आन्दोनलमा होमिन देशभरका कार्यकर्ता र संघसंगठनलाई निर्देशन दिए।