चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 227 of 1151
  • 2026-11-21
  • 09:30:51
  • शनिबार,मंसिर ०६, २०८३

About Author

आज पनि प्रतिनिधि सभा बैठक बस्दै,के छ कार्यसूची ?

काठमाडौँ– आज (बुधबार) पनि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। बैठकबिहान ११ बजे बस्नेछ। आज बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ। यस्तै, बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने बैठकको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

News by आज पनि प्रतिनिधि सभा बैठक बस्दै,के छ कार्यसूची ? :