रास्वपाको कर्णाली प्रदेश सभापतिमा मदन खड्का - Chaitanya News
  • 2026-06-17
  • 10:32:12
  • बुधबार,आषाढ ०३, २०८३
  • रास्वपाको कर्णाली प्रदेश सभापतिमा मदन खड्का

    रास्वपाको कर्णाली प्रदेश सभापतिमा मदन खड्का

    कर्णाली– राष्ट्रिय स्वतन्त्र पार्टी को कर्णाली प्रदेश सभापतिमा मदन खड्का निर्वाचित भएका छन्।

    आज (बुधबार) सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै खड्का निर्वाचित भएका हुन्।

    कुल खसेको ४०० मध्ये खड्काले २८८ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । उनका प्रतिस्पर्धीद्वय उपाध्याय र बस्नेतले क्रमशः ६३ र ३५ मत प्राप्त गरे।

    सभापतिमा पुनस्निर्वाचित भएका खड्का पार्टी स्थापनादेखि सङ्गठन विस्तार तथा सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको व्यक्तिका रूपमा चिनिन्छ। त्यस्तै, बस्नेत गत फागुनमा नेकपा एमालेबाट रास्वापामा प्रवेश गरेका थिए। उनी गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा दैलेख क्षेत्र नं १ बाट उम्मेदवार थिए।