नायब सुब्बा पदको लिखित परीक्षाका लागि भवन कायम, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-06-16
  • 18:25:53
  • मंगलबार,आषाढ ०२, २०८३
  • नायब सुब्बा पदको लिखित परीक्षाका लागि भवन कायम, हेर्नुहोस् सूचना

    नायब सुब्बा पदको लिखित परीक्षाका लागि भवन कायम, हेर्नुहोस् सूचना

    काठमाडौँ– नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाका लागि भवन कायम गरिएको छ। आज (मंगलबार) लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाका लागि भवन कायम गरेको हो ।

    लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१–१४७५५–०८२–८३ (खुला–समावेशी), न्याय सेवा, न्याय समूह र प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लागि लोक सेवा आयोग सुर्खेत र हुम्ला उपकेन्द्रबाट प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको छ।