डडेल्धुरा अस्पतालको अध्यक्षमा पाण्डे नियुक्त - Chaitanya News
  • 2026-10-02
  • 17:37:10
  • शुक्रबार,आश्विन १६, २०८३
  • डडेल्धुरा अस्पतालको अध्यक्षमा पाण्डे नियुक्त

    डडेल्धुरा अस्पतालको अध्यक्षमा पाण्डे नियुक्त

    धनगढीः सङ्घीय सरकार मातहतको सुदूरपश्चिम प्रदेशको एक मात्र अस्पताल, डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो। पाण्डेले शुक्रबार नै स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

    यस्तै, अस्पताल विकास समितिको सदस्यमा विक्रम जैरू र शान्तिकुमारी बिष्टलाई नियुक्त गरिएको छ।

    मन्त्रालयले भदौ १ गते आवेदन आह्वान गरेपछि अध्यक्ष पदका लागि २० जना र सदस्य पदका लागि १४ जनाले आवेदन दिएका थिए।