बालबालिकालाई अंकको होइन, अवसरको दबाब दिनुपर्छ : कविता अर्याल - Chaitanya News
  • 2026-09-21
  • 20:37:01
  • सोमबार,आश्विन ०५, २०८३
  • बालबालिकालाई अंकको होइन, अवसरको दबाब दिनुपर्छ : कविता अर्याल

    बालबालिकालाई अंकको होइन, अवसरको दबाब दिनुपर्छ : कविता अर्याल

    नेपाली शिक्षाको वर्तमान अवस्था, बाल मनोविज्ञान, अभिभावकको भूमिका, शिक्षकको जिम्मेवारी, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभाव तथा व्यवहारिक शैक्षिक सुधारका विषयमा केन्द्रित यस विशेष ‘चैतन्य संवाद’ मा हामीले विद्यालय शिक्षा र शैक्षिक नेतृत्वको क्षेत्रमा लामो अनुभव सँगाल्नुभएकी न्यु मिलेनियम स्कुलकी प्रधानाध्यापक एवं शिक्षासेवी कविता अर्यालसँग विस्तृत कुराकानी गरेका छौँ। उहाँले शिक्षालाई केवल परीक्षा र अंकमा सीमित नराखी विद्यार्थीको समग्र व्यक्तित्व विकास, आलोचनात्मक सोच, संस्कार, मानवीय मूल्य र व्यवहारिक सिकाइसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। साथै, विद्यालय, शिक्षक, अभिभावक र राज्यबीचको सहकार्यबाट मात्र गुणस्तरीय शिक्षा सम्भव हुने विश्वास पनि व्यक्त गर्नुभएको छ। प्रस्तुत छ, चैन्य खबरसँग कविता अर्यालले गर्नुभएको विशेष ‘संवाद’।

    १– पहिलो सिकाइको शुरुआत र आज शैक्षिक अभियन्ताको यो यात्रासम्मलाई कसरी स्मरण गर्नुहुन्छ ?

    मेरो घरमा अलिकति बुवा संस्कृत ब्याकग्राउन्डबाट भएको हुनाले पनि होला र घरको एउटा वातावरण चाहिँ अलिकति अध्ययनशील हुनुपर्छ, पढ्नुपर्छ र अझ विशेष गरेर छोरीहरू त झन अगाडि बढ्नुपर्छ भन्ने खालको माहोल हाम्रो घरमा थियो। बिहान–बेलुका भजन, पूजा आज र आमाहरू ब्रह्ममुहूर्तमा उठ्ने, हामीहरू सूर्योदयभन्दा अगाडि उठ्नुपर्ने घरको नियम पनि थियो। र घर अगाडि आँगनहरू सबै बढारी–कुडारी गरिसकेपछि अलिकति चोखो भएर पूर्वतिर फर्केर हामीलाई बुवा, केही कविताका श्लोकहरूबाट चाहिँ बिहानको शुरुआत गराउनुहुन्थ्यो। त्यो चाहिँ मलाई एकदमै याद छ। त्यसले गर्दाखेरि पनि पढ्नुपर्छ र केही हुनुपर्छ भन्ने कुराको परिपक्वता, डिसिजनभन्दा पनि त्यो नियममा एउटा अभ्यस्त हुँदै चाहिँ आइयो। गाउँ नजिकैको सरकारी स्कुलमा पढियो, दिनचर्या, तर एउटा नियमित रुटिनमा चाहिँ मेरो घरले, हामी पाँचैजना छोराछोरीहरूलाई चाहिँ राख्नुभयो। त्यो चाहिँ मलाई याद छ।

    म पाल्पा (रामपुर पाल्पा) जन्मेको हुँ। त्यहीँ प्राथमिक शिक्षा ग्रहण गरें, माध्यमिक शिक्षासम्म त्यहीँ पढें। त्यसपछि ९ र १० पढ्न म काठमाडौँ आइपुगें र शुरू–शुरूमा निकै नै गाह्रो भयो, मलाई कल्चरल शट भयो। म गाउँमा जन्मेको, गाउँको त्यो परिवेश काठमाडौँमा एकैचोटि दाइ–दीदीहरूले लिएर आउनु भयो, उहाँहरू यहाँ बसेर पढ्नुहुन्थ्यो। त्यो गर्दाखेरि स्कुल, कल्चर, त्यो भाषाहरू मलाई अलिकति बुझ्न गाह्रो पनि भयो शुरूमा, तर पनि एउटै के थियो भने—पढ, तर पर्दाखेरि चाहिँ एउटा संस्कारसहित भनेको, आदर्शसहित पढ भन्ने बुवा–आमाको त्यो वाक्यले जहिले पनि गाइडलाइन गरायो। त्यसरी गर्दै गएँ, एसएलसी पास भएँ, पछि म म्यानेजमेन्ट पढेँ। ब्याचलरसम्म म्यानेजमेन्ट गरिसके पछाडि अनि अलिकति होइन, अब चाहिँ म एजुकेसनतिर लाग्छु, मलाई मनपर्छ केटाकेटीहरू भन्ने कुरा चाहिँ एसएलसी सक्नेबित्तिकै दुई हप्तापछि जुन रिजल्ट निस्किँदासम्मको ग्याप हुन्थ्यो नि, त्यो ग्यापमा म पाल्पा रामपुरमै किसनबारी भन्ने ठाउँमा गएर एलकेजी, यूकेजीलाई पढाउन थालेको थिएँ।

    अब धेरै शैक्षिक तरिका त बुझिएका थिएनन् तर एउटा भावनाबाट बच्चाहरू मनपर्छ, त्यो माया–प्रेमले नै हुन्छ भन्ने किसिमले मैले काम गर्या थिएँ। अनि त्यसले मलाई एकदमै ऊर्जा पनि मिलेर पछि मैले मेरो आफ्नो मास्टर्स इन एजुकेसन, एजुकेसनल प्लानिङ एन्ड म्यानेजमेन्टमा टियूबाटै सकें। त्यसपछि, म विदेश पनि गए। त्यहाँ पनि शिक्षामै लागें र मैले एउटा आउटरीच तर केही प्रक्टिकल र मजोरीटी अनलाइनबाट चाहिँ मैले नोबेल इन्जिनियरिङको जुन टफ्स युनिभर्सिटीले प्रोभाइड गर्दथ्यो, त्यसको मैले सकें। र त्यसको सिलसिलामा प्रक्टिकली कुनै त्यहाँको स्कुलहरूसँग जानुपर्ने थियो। त्यहाँको शैक्षिक अभ्यासलाई जीवन्त रूपमा नजिकबाट प्रत्यक्ष क्लासरूमबाट मैले हेर्ने मौका एउटा स्कुलमा अलिकति गहिरिएर र अरूमा चाहिँ एउटा भिजिट उसको हिसाबबाट पनि राखेँ।

    २– नेपालको शिक्षा प्रणालीलाई यहाँले आफ्नो भोगाइ, बुझाइ र अभ्यासको आधारमा कसरी मूल्याङ्कन गर्नुहुन्छ ? यसका सकारात्मक र सुधार गर्नुपर्ने पक्षहरूलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

    मूल्यांकन गर्दाखेरि अब एउटा टर्निङ पोइन्ट लिन थालेको हो कि जस्तो मलाई पक्का पनि लाग्छ। कुनै पनि परम्परागत शैलीबाट, जुन ब्रजबाट कक्षाकोठाको सिकाइलाई जहाँ शिक्षकको एकतर्फी इन्फर्मेशन र त्यसलाई घोक्ने विद्यार्थीहरू लिएर, त्यसलाई तीन घण्टाको एउटा जाँचमा बसेर रिजल्ट ल्याएर गर्ने जुन परिपाटीलाई, अव चाहिँ होइन है, अब रिसर्च इन्फॉर्म्ड कुराहरूमा आधारित रहेर एजुकेशनल फलोसफी, त्यो फिलोसोफिकल फाउन्डेसनमा आधारित रहेर अव लर्निङ टिचिङ हुनुपर्छ भन्ने कुराहरूमा आएको छ। हामी धेरैजना छौं। अप्टिमिस्टिक छु म यसमा। धेरै दिग्गजहरू, विद्वानहरूले यसमा काम गर्नुभएको छ, एड्भोकेट पनि गर्नुभएको छ। त्यसले गर्दाखेरि मैले नराम्रो साइडमात्रैलाई हाइलाइट नगरौं, एभ्रीवेयर देयर इज ब्ल्याक बिकज देयर इज ह्वाइट वन एज इटु हुन्छ नै।

    तर अर्को केही चुनौतीहरू पनि छन् के, यसका च्यालेन्जेसहरू कस्तो छ भने मुख्य कुरा चाहिँ कक्षाकोठा नै हो। कक्षाकोठाको जुन सिकाइ, जहाँ विद्यार्थीहरूको सिकाइको जुन उपलब्धि हुन्छ नि, त्यो कुरामा चाहिँ हामी अझै पनि फोकस हुन सक्या छैनौं। इन्स्ट्रक्सनल लिडरसिपमा हामी फोकस हुन सक्या छैनौं। र यो कुराहरूमा, ठीक छ, नीति बन्दै छ, गर्दै छ भने, जुन हामीले आफ्नो हातमा आइपरेका कुराहरूलाई चाहिँ एउटा प्रोफेसनल ढंगबाट त्यसलाई चाहिँ प्रक्टिस गर्न लागौं न भन्ने कुराहरू त छ।

    सो कक्षाकोठा मै मैले ठूलो चुनौती देख्छु कि , यताबाट यताबाट जहाँजहाँबाट गरे पनि आउने चाहिँ त्यो रिजल्ट निस्कने, फाइन्डिङ, लास्ट प्रोडक्ट भनेको कक्षाकोठाको सिकाइ हो। यसको सिर्जनाको स्रोत भनौं न, निर्माणको स्रोत त्यो हो। सो, त्यसमा चाहिँ बढी चुनौती छ र त्यसका अवसरहरू, इन्स्ट्रक्सनल लिडरसिप, समुदाय छ, अभिभावकहरू छ, हामी शिक्षकहरू आफ्नै प्यासन कस्तो छ भन्ने कुराहरू छ। डेफिनेट्ली राज्यको शैक्षिक नीति, अब यी कुराहरू त छँदैछन् नि।

    ३– तपाईंले हाम्रो स्थानीय मौलिक चेतना र विश्वव्यापी चेतनालाई जोड्ने पनि प्रयास गर्नुभएको छ। त्यसलाई तपाईंले नेक्स्ट जेन एजुकेसन भन्ने नाम दिनुभएको छ। त्यसको कन्सेप्ट चाहिँ के हो ? त्यसले कसरी काम गर्छ ?

    म २७ वर्ष चाहिँ लगभग एजुकेसनमा इन्भल्भ भएँ। प्रि–स्कुल देखिबाट, प्राइमरी स्कुल देखि लिएर ग्रेट टिचर हुँदै गर्दा, ८, ९, १० को चार–पाँच वर्ष सम्मको टिचिङको प्रक्टिस गर्दै गर्दा, पहिला कुनै बेला सुपरभाइजर भन्ने थियो स्कुलमा, त्यो पनि रोलबाट, कोर्डिनेटरबाट र सँगै, अब आज आएर न्योमले नियम स्कुलको प्रिन्सिपल हुँदै गर्दा र म चाहिँ सबैभन्दा बढी बालबालिकाहरूसँग कक्षाकोठाको सिकाइमा तल्लिन हुँदा र त्यसको प्रक्टिकलिटी चाहिँ वास्तविक भोगाइ मैले आफैले गरेको हुँदाखेरि धेरै कुराहरूमा आफै भित्र पनि परिवर्तनहरू नाएका होइनन्।

    मैले कुनैबेला बच्चालाई हेर्ने दृष्टिकोण र आजका दिनहरूमा आएर म आफैले बच्चाहरूलाई हेर्ने दृष्टिकोणमा ठूलो अन्तर, त्यो ग्याप मैले आफैलाई पनि पाउँछु। यो गर्दै जाँदा धेरै स्कुलहरूमा, आफ्नै स्कुलमा पहिलो प्रक्टिस गरियो, कक्षाकोठामा विद्यार्थीहरू चाहिँ के हो त सेन्टरमा राख्ने भनेको, लर्निङ बाइ डुइङु भन्या के हो त ? के नेपालको करिकुलमले यसलाई त्यो ल्याउन सक्दैन ? परिवर्तन ल्याउन सक्छ कि सक्दैन होला त ? कि हामी खत्तमै हो त? कि जहिले पनि हामी फिनल्याण्ड, अमेरिका, जापान, चाइना, सबै तिनै मात्रै कुरा गरेर उनीहरूको त्यहाँको गर्न नसकिने त्यो फिजिकल इन्फ्रास्ट्रक्चर अर फेसिलिटिजहरू अनि नेपालको चाहिँ यो नै खत्तमै हो त भन्ने कुराको कोइसनले आफूलाई रातदिन पिल्थ्यो के।

    तर यही नेपालको पाठ्यक्रमलाई नै टेलरिंग गरेर, वाइ नट उइ् वर्क, उइ् प्रक्टिस इन्टु द क्लासरूम र जसले गर्दा हाम्रा विद्यार्थीहरूको क्रिटिकल थिङ्किङ, एउटा ह्युम्यानिटीको सेन्स, पोजिटिभ माइन्डसेट, यसलाई चाहिँ बिस्तारै किन हामीले नल्याउने त भन्ने कुराको प्रक्टिस गर्दै गर्दाखेरि उइु हाफ् फाउण्ड अ बिग डिफरेन्स। एउटा एक दशकमा हामीले आफ्नो आफ्नै स्कुलभित्र पाएको त्यो परिवर्तन थियो।

    र यसलाई चाहिँ अब आफ्नो स्कुल मात्रै होइन, न्योमलेनिया मात्रै होइन, दूरदराजमा कति स्कुलहरू छन् ? धादिङ भित्रै कति स्कुलहरू छ ? के हो त समस्या भन्ने कुरा, यसले चाहिँ एकदमै आइडियाहरू ल्यायो र धेरै बाहिरका स्कुलहरू, भ्यालि भित्रका स्कुल लिडरहरूको पनि एउटा के पनि भने, वि वान्ट टु मेक डिफरेन्स इन द स्कुल, बट हाउ ? भन्ने कुराको, त्यो सकारात्मक हुटहुटी चाहिँ एकदमै देखिएको पाइयो। धेरै स्कुल भिजिट गर्न आउनुहुन्थ्यो अनि त्यसले गर्दाखेरि हामीले एजुकेशन फर द बाट चाहिँ नेसनल करिकुलमलाई टेलरिंग गरेर र अर्को रिडिङ प्रोग्रामलाई अर्को अर्ली चाइल्डहुड प्रि–स्कुलको यो प्रोग्रामहरूलाई टिचरहरूको माध्यमबाट उनीहरूले बुझ्ने हिसाबबाट, तर कतै पनि दर्शनमा डेभिएटर नभइकन के, एजुकेशनल त्यो फिलोसोफी र बच्चाहरूको उमेर समूह र कन्टेक्स्ट, हामी त नेपालमा छौं, हाम्रो माटोमा छौं।

    यसलाई राखेर कक्षाकोठाको सिकाइमा कसरी चाहिँ इंगेज गराउन सकिन्छ र विद्यार्थीहरूको त्यो लर्निङको स्केफोल्डलाई कसरी रेकर्ड गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी अहिले प्रक्टिस गर्दाखेरि मेनी स्कुल अहिले हामीसँग जोडिनुभएको छ एण्ड दे ह ब्रट डिफरेन्स टु। हामीले एउटा सहजीकरण गरेका छौं।

    ४– शिक्षा र शिक्षाको समग्र विकासका लागि, परिवार र अभिभावकको भूमिकालाई आम अभिभावकले बुझ्ने भाषामा—एउटा बालबालिकाको समग्र र शैक्षिक विकासका लागि कस्तो अभिभावकीय भूमिका हुनु जरुरी छ ?

    मैले यहाँनिर अलिकति बच्चाको ब्रेन डेभलपमेन्ट (मस्तिष्कको विकास) को पनि कुरा राख्न चाहेँ। धेरै अभिभावकहरूले यसलाई बुझ्नुहोला, नबुझ्नुहोला—त्यो बेग्लै कुरा हो। सबै कुरा जान्नैपर्छ भन्ने कुरा पनि छैन, कति कुराहरू हाम्रो इन्ट्युशन, हाम्रो एउटा साधारण, एउटा मान्छे विवेकशील भएको हुनाले त्यसले पनि आफ्नो भित्रको संस्कारबाट त्यो प्रक्टिस त पक्कै पनि गरिराखेका हुन्छन्।

    बच्चाको ९० प्रतिशतभन्दा बढी ब्रेनको डेभलपमेन्ट ६ वर्षसम्म भइसकेको हुन्छ। त्यतिबेला इनीहरू—त्यो उमेरमा बच्चा जन्मेको छ, उसको पहिलो इन्भायरोमेन्ट (वातावरण), इन्टरनक्सन गर्ने उसको घर हुन्छ, उसको बुबाआमा हुनुहुन्छ। सो, त्यहाँनिर बच्चाहरूको अब त्यो जुन मिलियन्स अफ मिलियन्स न्युरोन्सहरूको डेभलप हुने क्रममा बच्चाले त्यो इन्भायरोमेन्ट, सबै कुराहरूलाई, उसको यस्तो भनौं न, सिधा भन्दाखेरि फोटो खिचिराखेको हुन्छ के। ऊ बोल्न नजान्न तर उसको आमाको काखमा बसेको त्यो सपोर्ट, त्यो फिल, त्यो भाइब्रेसन अनि त्यो आमासँगको आँखासँगको जुदाइ, उसले त्यहीँनेरबाट बच्चा आफू सुरक्षित महसुस गर्न थाल्छ।

    म कतिको सेफ छु भन्ने कुराहरू उसले त्यहाँनिर फिल गरिसकेको हुन्छ। र त्यसबाट उसको जति पनि ब्रेनमा जुन इम्प्रसनहरू पर्छ, जुन न्युरल पाथवे बनाउँछ, त्यहाँनिर ती सबै इम्प्रसनहरू रहन्छ—म कतिको सुरक्षित छु, म कतिको लभ्ड छु, म कतिको केयर छु, मेरो न्युट्रिसन, मेरो शरीरको ग्रोथको लागि चाहिने पोषणयुक्त खानेकुराहरू कतिको छ, मेरो प्यारेन्ट्सले मलाई कसरी कडल गरिराखेको छ, त्यो बेलामा ? त्यो त सबै उसले त त्यहीँनेरबाट पाउँछ के, अभिभावकबाट। (अर्ली चाइल्डहूड अथवा बाल्यकाल अवस्थामै)।

    नम्बर वान, हामी यो जिन्दगीको जति पनि हाम्रो स्टेजेज अफ लाइफ छ, यसको पहिलो फाउन्डेसन, फन्डामेन्टल, पहिलो जग भनेको जगै फर्मेटिभ इयर्स, भेरी पावरफुल१ त्यहाँनिरबाट नै बच्चाको अब शुरुआत हुन्छ। कतिचोटी हामीहरूले के भन्छौँ भने, ठूलो भएपछि गर्छ, ठूलो भएपछि।।। अपवाद होला, किनभने रत्नाकार डाँको पनि बाल्मीकि भएका थिए। त्यो कुरा केही अपवाद छन्, तर पनि सानोबेलाको जुन इम्प्रसनले, जुन इन्भायरोमेन्टले, बच्चामा आउने आत्मविश्वास, बच्चामा त्यो सेल्फ–रेस्पेक्ट र एउटा रिजिलिएन्ट हुन सक्ने क्षमताको विकासहरू चाहिँ, त्यो घरबाट पहिला, त्यहाँबाट सुरु भइसकेको हुन्छ।

    र त्यो इम्प्रसनहरूलाई उसले स्कुलमा लैजान्छ। अनि अभिभावक त नम्बर वान त भयो, भयो पहिलो कुरामा१ र त्यसपछाडि अब ऊ बाहिर वातावरणमा निस्केपछि, अब त्यहाँनिर त्यो वातावरण त जस्तो पनि छ नि त, संसारमा उही ब्रटन रसल, अमेरिकन फिलोसफर, उसले भनेको जस्तै संसारमा राम्रो र नराम्रो त दुइटै छ, तर पनि आफ्नो बच्चालाई चाहिँ विच वान इज बेटर ? हुइच वान इज गुड फर यु एण्ड फर योर सोसाइटी ? छनोटको चेतना कसरी विकास गर्ने ? ?त्यो कुरा चाहिँ सिकाऊ भनेर भन्या जस्तै गरेर, अब वातावरणमा गएपछि अभिभावकहरूले त्यसलाई कसरी लिनुहुन्छ, कसरी गाइड गर्नुहुन्छ, एक्ट गर्नुहुन्छ कि, कुनै इभेन्टप्रति रियाक्ट गर्नुहुन्छ कि ? यो सम्पूर्ण कुराहरू आउँछ।

    त्यसैले, अभिभावक त म आफैँ पनि त आमा हो नि, अनि अभिभावक त नम्बर वान र त्यसपछाडि अब स्कुलले कन्टेन्ट (विषयवस्तु) हरूमा त्यो बच्चाको त्यो संस्कारलाई जोड्दै, राख्दै अगाडि बढेको हुन्छ।

    ५– शिक्षण सिकाइ र समग्र शैक्षिक तथा र्‍यापिड विकासमा एआई र डिजिटल प्रविधिको जुन तीव्र विकास भइरहेको छ, यसको सकारात्मक प्रभाव हामी कसरी विकास गर्न सक्छौं र यसलाई कसरी बुझ्न सकिन्छ ?

    यो कुरा बुझ्नका लागि म एउटा सानो मेरै आफ्नै उदाहरण दिन्छु। सबैभन्दा पहिलो पटक जब टिक टिक गर्ने फोनबाट मोबाइल फोन भन्ने आयो, तब मोबाइल फोनको कुरा गर्दाखेरि त्यो राति सुत्दा पनि संगै नै लिएर सुतौँ भन्ने हुन्थ्यो। किन फोन बज्दैन ? कोही नचिनेकै मान्छेलाई दिए पनि मलाई फोन बजाइदिए हुन्थ्यो नि भन्ने खालको, त्यो खालको एक किसिमको कौतुहलता मलाई पनि थियो। भने अब यो मोबाइल फोन जुन आइराखेको छ, अब केटाकेटीहरूले यसबाट अछुतो हुन सक्दैनन् अहिलेको यो टेन्डेन्सी हेर्दाखेरि। र यसलाई रोक्न खोज्नु फेरि हाम्रो अर्को मायालु तरिकाबाट त्यो ठिक पनि होइन, यसलाई रोक्न पनि सकिँदैन, रोक्न पनि सकिँदैन, यसलाई जति बालुवालाई मुठी पार्‍यो, त्यति नै फुस्किन्छ भन्या जस्तै हो।

    तर, यही नभइकन पनि छैन। आजका ती बालबालिकाहरू हामी कक्षा कोठाको एउटा साधारण किताब र कपीको अर्को सिकाइ–शिक्षणमा भन्दा यिनीहरूले यति धेरै जानेका सूचनाहरू पनि छन्, हामीहरूलाई पनि यसले सजिलो त बनाएको छँदै छ, हैन ? तर मात्र के हो भने हर कुराको फाइदा–बेफाइदा हुन्छ र यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा घरबाट, स्कुलबाट, बाहिरबाट, सबैतिरबाट सिकाउन जरुरी छ।

    ६– निश्चित रूपमा शिक्षक कस्तो हुनुपर्छ ? शिक्षकले आफ्नो जिम्मेवारी कसरी बुझ्नुपर्छ ? र शिक्षकको भूमिका चाहिँ के हो ,आजको समयमा ?

    बडो गहिरो छ के कुरा। एक नम्बर प्यासनेट हुनुपर्छ, टिचरमा नम्बर वान। नम्बर सेकेन्ड, त्यसपछि बल्ल मैले ल्याउँछु, उसको विषयवस्तुको कम्पिटेन्सी सबै कुरामा १०० मा १०० उ जान्ने नहोला, दो, इफ अ टिचर ह्याज कम अप साइन्स पढाउनलाई आएको छ भने उसको साइन्स ब्याकग्राउन्डको नलेजमा कहिलेकाहीँ उ कन्फ्युज होला, नो वरीज, हैन ? जुन– जुन विषयबाट जुन विषय पढाउँछु भनेर आए पनि, उसको एक नम्बर प्यासनपछि जुन विषयवस्तुलाई जुन उसको कम्पिटेन्सी लाई एक्सप्लोर गर्ने र त्यो पोजिटिभ माइन्डसेट, विद्यार्थीभन्दा पहिले टिचर गुड लर्नर हुनुपर्छ। पहिलो सिकारु र त्यो सिक्न खोज्ने क्षमता—त्यो एटिट्युड टिचरमा हुनुपर्छ। सिकाइको भोक, शिक्षकमा जारि हुनुपर्छ।

    अर्को, तालीम हुनुपर्छ। तालीम भनेको कक्षा कोठामा विद्यार्थीहरूले उही जोन डिबे ले भन्या जस्तै गरेर समाज बोकेर आएका हुन्छन् के, कक्षा कोठामा। त्यो समाजको मूल्यमान्यता, त्यो घरपरिवारको संस्कार, संस्कृति, सामाजिक विविधताको एउटा सबै कक्षा कोठामा पाइन्छ हजुर। यस, एभ्रिथिङ्ग यु विल फाइन्ड इन द क्लासरूम अमङ द चिल्ड्रेन। भने त्यो हरेक इन्डिभिजुअल बच्चाहरूलाई, विद्यार्थीहरूलाई चिनेर, त्यसको सम्भाव्यतालाई हेरेर, त्यसको लर्निङ्ग स्टाइल लाई हेरेर, त्यसको सोसल ब्याकग्राउन्डलाई हेरेर, त्यसको आफ्नो आत्मविश्वास अहिले कहाँ छ र मैले कतिसम्म पुर्‍याउने हो ? के खोजेको छ भन्ने कुरालाई सबै यसरी नियालेर रेकर्ड राख्न सक्ने क्षमता हुनुपर्छ टिचरमा। र अर्को महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि, यस, डेलिभर इन्स्ट्रक्सन बेग्लै छ, ?

    हरेक बच्चासंँग ल्टिपल इन्टेलिजेन्स छ है। र त्यो बच्चाले यदि मैले सुरुवात गरेको विषयवस्तुमा उ अलिकति पछाडि होला, बट हि इज स्मार्ट इन अदर आस्पेक्ट, अरू एरियामा चाहिँ उ स्मार्ट छ भन्ने कुराको यो ओपननेस नि, टिचरमा हुनुपर्छ।

    ७– निजी विद्यालयहरूले अर्थतन्त्र र शिक्षामा ठूलो योगदान दिए पनि र अभिभावक तथा विद्यार्थीबाट सम्मानित भए पनि राज्य र समाजमा अझै पूर्ण रूपमा सकारात्मक दृष्टिको साथ किन हेरिन सकिएको छैन ? के यो सञ्चालकहरूको कमजोरी हो वा राज्यको असन्तुलित व्यवहार ?

    यस्तो छ, पहिलो कुरा त—कल्पना गर्नुहोस् यदि निजी विद्यालयहरू हाम्रो समुदायमा, हाम्रो नेसन (राष्ट्र)मा नहुने हो भने, निजी सेक्टर (क्षेत्र) नहुने बित्तिकै कति अर्थतन्त्रलाई नै, कति कुराहरूमा उथलपुथल बनाइदिन्छ भन्ने कुरा त पक्कै पनि राज्यले बुझेकै होला। म त पोलिटिसियन (राजनीतिज्ञ) होइन, एउटा नागरिक हो।

    र अर्को कुरा चाहिँ, अब जनता भन्छौँ हामीहरूले, जनताले भनेअनुसार, जनताले भनेअनुसार गर्दै जाँदाखेरि मेरो अनुभव पनि है, कहिलेकाहीँ समाजमा—ल मानम एउटा प्राइभेट (निजी) स्कुलले राम्रोसँग गर्यो, त्यो राम्रो गर्ने भनेको बिल्डिङ (भवन) बनाउने होइन नि के हजुर बसहरू थप्ने पनि होइन। अर्थात त्यसका स्कुलका स्टेकहोल्डर (सरोकारवाला) हरू विदेश घुम्ने भन्ने कुरा पनि होइन। त्यहाँका विद्यार्थीहरू कतिको ह्याप्पी (खुसी) छन् ? उनीहरूको सिकाइ कस्तो छ? उनीहरू सोसल्ली रेस्पोन्सिबल (सामाजिक रूपमा उत्तरदायी) कस्ता भए ? र त्यहाँ काम गर्ने शिक्षकहरू, सबैजना कर्मचारीहरूको ग्रोथ (वृद्धि) कसरी भइरहेको छ ? प्रोफेसनल डेभलपमेन्ट (व्यावसायिक विकास) कसरी भएको छ ? उनीहरू सोसल्ली (सामाजिक रूपमा) आफूलाई कसरी अगाडि हिँडाएका छन् ?

    तर अर्को क्षेत्रमा जसले त्यो लेभल (स्तर) पाइराखेको छैन नि, अनि दोष लगाउँदा, ब्लेम (आरोप) गर्दा–गर्दै, कहिलेकाहीँ राज्य भनौँ, त्यो पनि कन्फ्युज (द्विविधामा) भएको हो कि जस्तो लाग्छ। किनकि हरेकका दैला–दैलामा त पुगेको छैन। अझ अहिले त भन्यो भने सानो मिडिया, केही छैन, एउटा सानो बच्चालाई यहाँ पेन्सिलले कोतरी हाल्यो भने पनि त्यसलाई अर्कै तरिकाबाट राख्दिएर मिडियामा ल्याइदिने चलन पनि भएको हुनाले यस्तो भएको होला, एउटा कुरा।

    र अर्कोतिर, यस, म आफैँ पनि स्कुल चलाई रहँदाखेरि, हामीसँगै पनि जादुको छडी नहोला, दाँतले जिब्रो पनि टोक्ला, कतातिर एउटा–दुइटा यसका प्रक्टिसेस (अभ्यासहरू) हरू सही ढंगका नहुँदाखेरि पनि त्यो इम्प्रेसन (प्रभाव) भएको हो किरु उही ुएकचोरी एकचोटि चोर सधैँको चोरु भन्ने खालको मानसिकता बस्या पो हो कि ? तर त्यो त हुँदैन। अब यसलाई चाहिँ अब राज्यले अब अहिले आउँदाखेरि हेरौं, केही परिवर्तनका सम्भावनाहरू छन् हैन, छन्, पक्का पनि। आउला।

    ८– उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उनीहरूको ग्रेडसिटलाई अभिभावकहरूले सामाजिक सञ्जालमा ब्रान्डिङ गर्ने तथा बालबालिकालाई सधैँ पढाइमै व्यस्त राख्ने प्रवृत्ति कतिसम्म उपयुक्त छरु के यसले बालबालिकाको स्वतन्त्रता र आनन्द खोसिरहेको छैन ?

    मैले त यसलाई एकदमै टग अफ वार (ट्याउर–ट्याउर वा तानातानको युद्ध) को रूपमा हेर्छु। बच्चालाई स्कुलले पनि तानेको छ, बाहिरबाट अभिभावकहरूले पनि तानेका छन्। मेरो पनि व्यक्तिगत अनुभूति यही हो कि यसरी बीचमा बच्चालाई एक किसिमको दबाबमा राखिएको छ। यो अवस्था असाध्यै धेरै छ र यो हुनुमा मुख्य कुरा के हो भने, अभिभावकहरूले शैक्षिक संस्थाहरूलाई वा उहाँहरूले पढ्न पठाउनुभएको विद्यालयहरूलाई मेरो बच्चा टप (उत्कृष्ट) आउनुपर्छ भन्ने खालको प्रेसर (दबाब) दिइरहनुभएको हुन्छ।

    बालबालिकाको मूल्याङ्कन गर्ने धेरै आयामहरू हुन्छन्, तर हामी चाहिँ त्यो मार्क्ससिट (अङ्कपत्र) र ग्रेडसिटमै मात्र सबै कुरा खोजिरहेका छौं। अङ्क नै ल्याउनुपर्छ भनेर अभिभावकहरू दौडिरहनुभएको छ। यो किन भइरहेको छ तरु मार्क्ससिट एउटा मापदण्ड हो र अन्तर्वार्तासम्म पुग्ने पोर्टफोलियोमा यो आउँछ, तर यो नै जीवनको समग्र कुरा होइन्।

    बालबालिकालाई यति धेरै प्रेसर (दबाब( किन दिइँदैछ भन्दा, हामी अभिभावकहरूलाई प्यारेन्टिङु (अभिभावकत्वसम्बन्धी ज्ञान) पुगेको छैन। अभिभावकहरूलाई राखेर ज्ञानगुनका कुराहरू भन्दा पनि, उहाँहरू आफैँ पनि त पहिला त्यसरी नै हुर्कनुभयो नि त१ समाजमा त्यस्तै देखाइएको छ। सामाजिक सञ्जाल खोल्यो कि छरछिमेकीको बच्चाको यस्तो भयो, उस्तो भयो भन्ने देखेर उहाँहरू आत्तिन थाल्नुहुन्छ। त्यसैले प्यारेन्टिङको ज्ञान हुनु एकदमै जरुरी छ।

    सम्बन्धित विद्यालयहरूले आफ्ना अभिभावकहरूलाई यो कुरा बुझाउनुपर्छ। यो कुरा विस्तारै आउँछ, एक९दुई जना अपवादबाहेक सबैले मान्दैनन् किनकि यो मान्छेको जन्मजात प्रकृति नै हो। विद्यालयमा पनि इन्स्ट्रक्चनल लिडरसिपु (निर्देशनात्मक नेतृत्व) को माध्यमबाट, जस्तै प्रधानाध्यापकले स्कुलको भिजन र मिसनु (दृष्टिकोण र लक्ष्य), पाठ्यक्रम, र कस्तो शिक्षण विधिहरू मार्फत कसलाई, कक्षाकोठामा कसरी राख्ने भन्ने कुरा तय गर्नुपर्छ। स्कुलभित्र एउटा होलिस्टिक (सर्वपक्षीय) शैक्षिक प्रणाली बनाउनु पर्छ, जसले गर्दा विद्यार्थीहरूले क्रिटिकल्ली प्रक्टिसु (आलोचनात्मक अभ्यास) गर्न सकून्, उनीहरूले आफ्ना विचारहरू राख्न सकून् र उनीहरूभित्र ह्युम्यानिटीको सेन्सु (मानवताको भावना) आउन सकोस्।

    कक्षाकोठामा बच्चाले पनि बढाउनुपर्छ, आफूले प्रयोग गर्ने शौचालय आफैले सफा गर्नुपर्ने हुन्छ। प्रिन्सिपलले पनि त्यो गर्नु पर्यो, शिक्षकले पनि गर्नु पर्यो। सबैजनाले गर्दै जाँदा त्यो एक्सपेरिएन्सु (अनुभव) बाट बच्चाले के सिक्छ भने, भित्रपट्टि उनीहरूमा हुने किसिमको इर्ष्या, डाहा र नेगेटिभ एटिट्युड (नकारात्मक सोचाइ) जुन मानिसको स्वभावमै हुन्छ, त्यो माझिन्छ। हामीले भित्रबाट आफैलाई माझ्नुपर्छ र सँगसँगै त्यो बच्चामा ट्रान्सफरु (स्थानान्तरण) हुन्छ, जसबाट बच्चा माझिन्छ। त्यसपछि मात्र कग्निटिभ एबिलिटीु (बौद्धिक क्षमता) आउँछ, जसले गर्दा बच्चा खेल्न पाउनुपर्छ, प्रशस्त सुत्नुपर्छ।

    हामीकहाँ पहिल्यैदेखि के भइरहेको छ भने, केटाकेटीहरूले ह्याभ टु स्पेड टाइम विथ पियरेन्ट्सु (आफ्ना अभिभावक तथा आफन्तहरूसँग समय बिताउनुपर्छ) भन्ने कुरामा ध्यान दिनुपर्छ। उनीहरू परिवार र रिलेटिभ्स (आफन्तहरू) सँग घुम्न जाने, स्विमिङ (पौडी) खेल्न जाने, हाइकिङ गर्ने जस्ता गतिविधिहरूमा समय बिताउनु पर्छ, जुन अति आवश्यक छ।

    ९– अन्त्यमा मौलिकता र संस्कार जोगाउँदै विश्व बजारमा टिक्न सक्ने, उत्तरदायी नागरिक तयार पार्ने शैक्षिक नीति तथा पाठ्यक्रम निर्माणमा राज्यको भूमिका के हुन्छ र यसलाई विद्यालय, शिक्षक तथा अभिभावकको तहमा कसरी व्यवहारिक रूपमा लागु गर्न सकिन्छ ?

    राज्य छ, यसले पनि हाम्रा देशको लागि हाम्रा नागरिकहरू देशमा प्लस संसारमा आफ्नो ओरिजिनलिटी (मौलिकता), आफ्नो संस्कार, आफ्नो धरातल नभुलिकन कसरी यिनीहरूले ग्लोबल मार्केट (वैश्विक बजार) मा पनि आफूलाई पहिचान गराउँछन्, आफूले कन्ट्रीब्युट (योगदान) दिन्छन् र आफ्नो सेन्स अफ रेस्पोन्सबिलिटी (उत्तरदायित्वको भावना लाई एउटा कन्सेन्ट्रिक सर्कल (केन्द्रीकृत चक्र) को आधारमा कसरी माथिसम्म लान्छन् भन्ने कुराको शैक्षिक नीति, उद्देश्य, पाठ्यक्रमका डिजाइन राज्यकै जिम्मेवारी होइन र ?

    र अब यसलाई जुन डिसेण्ट्रलाइज (विकेन्द्रीकरण) गर्या छ नि, अब विभिन्न माध्यमबाट भने अब त्यहाँ निरको अव स्कुलहरूमा जान्छ, युनिभर्सिटिजहरूमा जान्छ, त्यसको इन्स्ट्रक्सनल लिडरशिप (निर्देशनात्मक नेतृत्व) ले गरेका प्रक्टिसेस (अभ्यासहरू) हरू आउँछ। र बालबालिकािकहरू, विद्यार्थीहरू चाहिँ इन्स्ट्रक्सन (निर्देशन) अर्थात भनेकोभन्दा पनि बढी उनीहरूले मिमिक (नक्कल) गरेर देख्छन्। एक्जम्पल (उदाहरण), हामी रोल मोडल कस्तो छौं भन्ने कुराहरू देख्छौं।

    र विषयवस्तुमै ल पढाइ हो, पढाउनु पर्यो करिकुलम छ, उसमें माइन्डसेट (सोचाइको दायरा), भ्यालुज (मूल्य मान्यताहरू) हरू, इम्पाथेटिक (सहअनुभूतिशील) कसरी हुने, काइनेस (दयालुपन) कसरी हुने, ग्रेटफुलनेस (कृतज्ञता) कसरी हुने, राइच्युसनेस (धार्मिकता–धर्म परायणता) कसरी हुने, एकले अर्काको धर्मलाई कसरी रेस्पेक्ट (आदर) गर्ने भन्ने कुराहरू सँगसँगै कक्षा कोठामा त्यो टिचर (शिक्षक) ले देखाएका बिहेभियर (व्यवहार) हरू, विद्यार्थीहरूसँग कोल्याबोरेटिभ्ली (सहकार्यपूर्वक) काम गर्दाखेरि देखिएका त्यस्ता विभिन्न एक्टिभिटिज (क्रियाकलाप) हरू हुन्छ पेडागोजीज (शिक्षण विधिहरू) हरू हुन्छ, त्यहाँका ती कल्चर (संस्कृति) हरूलाई सेयर गर्ने कुराहरू, अप्रीसिएट (प्रशंसा) गर्ने कुराहरू कक्षा कोठाबाट हामीले गर्न सकिन्छ।

    किनभने एकैचोटि परिवर्तन नहोला, तर यसले एउटा बाटो चाहिँ लिन्छ, एकजना होइन, हर–एक स्टेकहोल्डर (सरोकारवाला) हरू एउटै कुरामा फोकस (केन्द्रित), डिजाइन (रचित) जुन राखिएको चाहिँ उद्देश्य छ, हैनरु भने त्यसलाई चाहिँ फोकस गरेर सबैतिर हामी लाग्यौँ भने पक्कै पनि योभन्दा राम्रो हुनलाई चाहिँ बेर लाग्दैन। अभिभावकहरूले पनि बुझ्नुहुन्छ कि, बेचाराले त अभिभावकैकै पनि कति कन्फ्युज छ भने, कतै स्कुलमा जान्छन्, तपाईंको बच्चा हाम्रो स्कुलमा आयो भने ह्याप्पी हुने, ह्याप्पी हुन्छ, उसले आफ्ना मनका कुराहरू खोलेर राख्न पाउँछ भन्दा पनि, तपाईंको यहाँ आएपछि यति जिपिए ल्याउँछ, ल्याउनुहोस्, हामी बिहानदेखि यस्तो, यस्तो पनि प्राक्टिसेसहरू धेरै हुँदा अभिभावक पनि बिचरा कन्फ्युज्ड छन्।