काठमाडौं– सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटनाको अवथा वर्षेनी चिन्ताजनक बन्दै गएको छ । पछिल्लो छ वर्षको तथ्यांक अनुसार प्रदेशमा सडक सुरक्षाको अवस्था कमजोर रहँदा सयौं नागरिकले अकालमै ज्यान गुमाइरहेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय, अत्तरियाका अनुसार आर्थिक वर्ष २०७७–७८ देखि चालु आर्थिक वर्ष २०८२–८३ माघ २६ गतेसम्म देशभर सडक दुर्घटनामा परी १,०३१ जनाले ज्यान गुमाएका छन् ।
दुर्घटनाको संख्या। घाइते हुने दर तथा मृत्यु हुने संख्या हेर्दा सडक सुरक्षा सुधारका लागि अझ प्रभावकारी रणनीति आवश्यक रहेको देखिएको छ । तथ्यांक हेर्दा हरेक वर्ष दुर्घघटनाको संख्या फरक भए पनि मानवीय क्षेति भने उच्च रहेको छ ।
हालै गत हप्त मात्रै बैटडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो, भने ३६ जना घाइते भए । गत बिहिबार राति बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझा–को सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२००१ ख १११९ नम्बरको बस पुर्चौडीको बडगाउँ मोडमा पल्टिइर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै आर्थिक वर्ष २०७७–७८ मा ५६२ दर्घटना भएका थिए । उक्त दुर्घटनामा १८७ जनाको मृत्यु भयो भने ५८७ जना गम्भीर घाइते र ५०९ जना सामान्य घाइते भएका थिए ।
आर्थिक वर्ष २०७८–७९ मा ५०४ दुर्घटना हुँदा १९६ जनाले ज्यान गुमाए । यस अवधिमा ३९५ जना गम्भरि घाइते र ६०६ जना सामान्य घाइते भएका थिए ।
यसैगरी, आर्थिक वर्ष २०७९–८० मा दुर्घटना संख्या २५२ मा सीमित रहे पनि १७७ जनाको मृत्यु भएको थियो । १९७ जना गम्भीर तथा २७६ जना सामान्य घाइते भएका थिए ।
आर्थिक वर्ष २०८०–८१ म ३०९ दर्घटना भएका थिए,जसमा १७२ जनाको मृत्यृ भयो । २६७ जना गम्भीर घाइते र २६९ सामान्य घाइते भएको तथ्यांकले देखाएको छ ।
यस्तै आर्थिक वर्ष २०८१–८२ मा दुर्घटनाको संख्या हवात्तै बढेर १,२०३ पुगेको छ । उक्त दुर्घटनामा परेर १५२ जनाले ज्यान गुमाए भने ९६६ जना गम्भीर घाइते र १,०३८ जना सामान्य घाइते भएका थिए ।
आर्थिक वर्ष २०८२–८३ (माघ २६ गतेसम्म) ८०२ दुर्घटना भइसकेका छन् । यस अवधिमा १४७ जनाको मृत्यु भएको छ भने, ८४७ गम्भीर घाइते तथा ५७१ ज्ना सामान्य घाइते भएका छन् ।
समग्रमा हेर्दा ६ वर्षको अवधिमा ३,६३० दुर्घटना हुँदा १,००३ जनाको मृत्यु भएको छ, भने ३,२५९ जना गम्भीर घाइते र ३,अ २६९ जना सामान्य घाइते भएका छन् । दुर्घटनाको मुख्य कारण मानव व्यवहारसँग जोडिएको तथ्यांकले देखाएको छ । विशेषगरी चालकको लापरवाही,तीव्र गति तथा ट्राफिक नियम उल्लंघनले दुर्घटना बढाएको छ ।
तथ्याँक अनुसार, प्छिल्लो ६ वर्षमा मात्रै २,१५५ दर्घटना उच्च गतिका कारण भएको छ । ११३ दुर्घटना चालकको असावधानीले भएका छन् ।
मादक पदार्थ सेवन गरी सवारी चलाउँदा–१९७ दुर्घटना भएका छन् । ओभरटेक गर्दा–६५ दुर्घटना भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार यसवा चालकहरुमा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्दै गएको छ, जसले दुर्घटनाको जोखिम बढाएको छ ।
दुर्घटनाको अर्को महत्वपूर्ण कारण सडकको अबस्था रहेको देखिएको छ । पहाडी जिल्लाहरुमा साँघुरा सडक, तीव्र मोड तथा खाल्डाखुल्डीका कारण दर्घटना बढेको छ । स्थानीयवासीका अनुसार सडक निर्माण तथा मर्मतमा ढिलाइ हुँदा जोखिम बढेको हो ।
यस्तै युवारुको असावधानी पनि दुर्घटनाको कारण बनेको छ । सवारीको ढोकामा झुण्डिएर यात्रा गर्ने छतमा बसेर यात्रा गर्ने, सडक पार गर्दा लापरवाही यी कारणले १२४ भन्दा बढी दुर्घटना भएको तथ्यांकमा उल्लेख छ ।
यान्त्रिक खराबी, ब्रेक फेल, टायर पड्किने जस्ता कारणले १७८ दुर्घटना भएका छन् । त्यस्तै सडकमा छाडा चौपाया आउँदा १०८ दुर्घटना भएको तथ्यांकले देखाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यलयका डीएसपी टेक बहादुर जोराका अनुसार अधिकांश दुर्घटना मानवीय त्रुटि र तीव्र गतिका कारण भएका छन् । उनले भने, विशेषगरी युवा पुस्ताले चलाउने दुइपांग्रे सवारी साधन बढी जोखिममा छन् । ट्राफिक प्रहरीले चेकजाँच कडाइ गरेको छ र जनेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ, तर चालकहरुमा सचेतना नबढेसम्म दुर्घटना घटाउन चुनौतीपूर्ण हुन्छ ।
उनले थपे, साँघुरा सडक र बढ्दो सवारी चापबीच तीव्र गतिमा सवारी चलाउनु आत्मघाती कदम हो , दुर्घटना न्यूनिकरणका लागि चालक मात्र होइन, यात्रु, सडक विभाग तथा अविभावक सबै जिम्मेवार बन्नुपर्छ ।
सरकारको मूमिका के छ ?
सुदूरपश्चिम प्रदेश बढ्दो सडक दुर्घटना न्यूनिकरणका लागि सरकारको भूमिका अत्यन्तै महत्वपूर्ण मानिन्छ । सडक सुरक्षा केवल चालकको सावधानी वा वा ट्राफिक प्रहरीको निगरानीमा मात्र निर्भर रहने विषय होइन । यो राज्यको नीति, पूर्वाधार विकास। कनुनी कडाइ, सचेतनामूलक कार्यक्रम तथा प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रुपमा जोडिएको विषय हो । पछिल्ला वर्षहरुमा दुर्घटनाको संख्या र मानवीय क्षति हेर्दा सरकारी निकायले अझ समन्वित, दीर्घकालीन र परिमाणमखी रणनीति अवम्बन गर्नुपर्ने आवश्यक देखिएको छ ।
सबैभन्दा पहिले, सडक पूर्वाधार सुधार सरकारको प्राथमिक दायित्व हो । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा साँघुरा, घुुमाउरा र जोखिमपूर्ण सडकहरु ध्ेरै छन् । कतिपय स्थानमा सुरक्षा बार, संकेत चिन्ह, सडक बत्ती तथा स्तरीय कालोपत्रे नभएका कारण दुर्घटनाको सम्भावना उच्च रहन्छ । वर्षयाममा पहिरो, खाल्डाखुल्डी तथा चिप्लो सडकले जोखिम अझ बढाउँछ । यस्ता समस्याको दीर्घकालीन समाधानका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी सडक स्तरोन्नति, नियमित मर्मत तथा सुरक्षात्मक संरचना निर्माणलाई प्राथमिकतामा राख्नुपर्छ । सडक निर्माण गर्दा गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीमाथि कडा कारबाही गर्ने नीति पनि प्रभावकारी रुपमा लागू गर्न आवश्यक छ ।
दोस्रो ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा सरकारको जिम्मेवारी अझ बलियो हुनुपर्छ । कानुन कडा भए पनि त्यसको पालना र कार्यान्वयन कमजोर भए दुर्घटना घट्दैन । तीव्र गति नियन्त्रणका लागि स्पिड गन, सिसिटिभी क्यामेरा, स्वचालित जरिवाना प्रणाली जस्ता आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्छ । सवारी साधनको नियमित फिटनेस जाँचलाई अनिवार्य र पारदर्शी बनाउनुपर्छ । विशेषगरी सार्वजनिक सवारीसाधनमा यात्रुको क्षमताभन्दा बढी बोक्ने प्रवृत्ति रोक्न कडाइ आवश्यक छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्ध शून्य सहनशीलता नीति प्रभावकारीरुपमा लागु हुनुपर्छ ।
तेस्रो, चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउनु पनि सरकारको महत्वपूर्ण दायित्व हो । कतिपय अवस्थमा पर्याप्त सीप र प्रशिक्षणबिना नै चालकले लाइसेन्स प्राप्त गर्ने गरेको गुनासो आउने गरेको छ । सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक तालिमलाई कडाइका साथ लागू गर्नुपर्छ । विशेषगरी दुइपांग्रे सवारसिाधन चलाउने युवाहरुलाई अनिवार्य सुरक्षा तालिम तथा हेल्मेड प्रयोगको कडाई गर्नुपर्छ । विद्यालय र कलेज तहदेखि नै सडक सुरक्षासम्बन्धी पाठ्यक्रम समावेश गरी दीर्घकालीन सचेतना अभिवृदि गर्न सकिन्छ ।
सडक दुर्घटनाले मानव जिवन मात्र होइन, समाज र अर्थतन्त्रमा पनि ठूलो असर पारिरहेको छ । गम्भीर घाइते भएका हजारौं व्यक्तिहरुमध्ये धेरैजना जीवनभर अपाङ्गता बोकेर बाच्न बाध्य भएका छन् । यसले परिवारको आर्थिक अवस्था कमजोर बनाएको छ ।
सुदूरपश्चिमका नौ जिल्लामा सडक दुर्घटनाको अवस्था हेर्दा पहाडी क्षेत्रमा कमजोर सडक संरचना र तराई क्षेत्रमा तीव्र गति मुख्य समस्या बनेको दृखिन्छ । ट्राफिक प्रहरीले निगरानी बढाए पनि चालकको व्यवहार परिवर्तन बिना दुर्घटना नियन्त्रण चुनौतीपूर्ण देखिएको छ ।