धनगढी – चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा वरिष्ठ उद्योगपति तथा राज ग्रुपका अध्यक्ष ओमप्रकाश अग्रवाललाई “उद्यमशीलता र उद्योग उत्कृष्टता सम्मान” प्रदान गरिएको छ।
व्यावसायिक लगनशीलता, दूर दृष्टि र सामाजिक उत्तरदायित्वमार्फत आर्थिक विकास, सामाजिक सेवा तथा रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पु¥याएको भन्दै महोत्सवको आज आठौँ दिन कार्यक्रमका प्रमुख अतिथि कैलारी गाउँपालिका अध्यक्ष राज समझ चौधरी , चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा र अध्यक्ष गणेश प्रसाद जोशीले सम्मान–पत्र तथा दोसल्ला सहित अग्रवाललाइ सम्मानित गरिएको हो।
अग्रवालले सुदूरपश्चिमको औद्योगिक तथा व्यावसायिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै धेरै युवालाई रोजगारीको अवसर उपलब्ध गराउनुका साथै सामाजिक सेवामा समेत सक्रिय योगदान पु¥याउँदै आएका छन्। उनको नेतृत्व र उद्यमशील सोचले नयाँ पुस्तालाई व्यवसायतर्फ आकर्षित गर्न प्रेरणा दिएको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।
सम्मान ग्रहण गर्दै अग्रवालले चैतन्य पाठशालाप्रति आभार व्यक्त गर्दै शिक्षा, उद्यमशीलता र सामाजिक सेवाबिचको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले युवाहरूलाई आत्मविश्वासका साथ नवीन सोच र मेहनतमार्फत आफ्नै क्षेत्रमा अवसर सिर्जना गर्न आग्रह गरे ।
चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शिक्षा, स्वास्थ्य, समाजसेवा, उद्योग, उद्यमशीलता, खेलकुद र संस्कृतिमा योगदान पु¥याउने विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गर्दै प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा शैक्षिक गतिविधिहरू निरन्तर सञ्चालन भइरहेका छन्।