सरकारी सेवा, अझ त्यसमा पनि निजामती सेवामा प्रवेश गर्ने प्रत्यक व्यक्तिको सपना हुन्छ। तर, त्यस्तो अवसर थोरै व्यक्तिले मात्र पाउँछन्। तयरी गरेर बसेका सबै व्यक्ति पनि सरकारी सेवामा प्रवेस गर्न सकिरहेका हुँदैनन्। कोही लामो समय तयारी गरेर पनि विभिन्न कारणले निजी क्षेत्रमा काम गरिरहेका हुन्छन्। कोही विदेश पलायन हुन बाध्य भएका छन्। यसै बाबजुत सरकारी सेवामा प्रवेश गरेका कर्मचारी मध्ये एक हुन उदयराज जोशी।
मध्यपश्चिम क्षेत्रको एक विकट गाउँमा जन्मिएका जोशी मध्यम परिवारमा हुर्किएका हुन्। उनको बाल्यकाल गाउँमा नै वित्यो। दश क्लाससम्म गाउँकै विद्यालयमा अध्ययन गरेका जोशीको परिवार पछि तराईं झर्यो। त्यसपछि ११ र १२ को अध्ययन उनले नेपालगञ्जमा गरे। पछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पसेका जोशीका बुबा सरकारी सेवामा नै थिए। त्यही प्रेरणाले उनले नेपालमै बसेर सरकारी सेवा गर्ने सोच बनाए।
उनको परिवार र साथीहरूले पनि सरकारी सेवामा नै प्रवेश गर्न सुझाव दिए। परिवारको सपोट र साथीहरूको सुझावले विदेश जाने सोच कहिले नआएको उनी बताउँछन्। उनी अहिले नेपाल सरकारको अधिकृत तहमा कार्यरत छन्। एकेडेमीक रुपमा उनले LLB, MPA अध्ययन गरेका छन्। भने उनले राजनीतिशास्त्रमा स्नातकोत्तरसमेत गरिरहेका छन्। सरकारी सेवामा प्रवेश गर्नु पहिले उनले लामो समयसम्म निजी क्षेत्रमा काम गरेर वितेको थियो। सरकारी सेवाको तयारी गर्दा कतै असफल त भइदैन भन्ने कुराले उनलाई सताइ रहन्थ्यो। तर, पनि उनले हार मानेनन्। निरन्तर मिहिनत गरिरहे। त्यही साहास र मिहिनतले आज उनी सरकारी सेवामा छन्। जोशीको यहाँसम्मको यात्रा सामान्य थिएन। धेरै दुःख गरेर अहिलेको अधिकृत पदमा कार्यरत छन्। आज उनैजोशीसँग चैतन्य खबरका लागि निर्मला कडायतले संवाद गरेकी छन्।
1– तपाईं अधिकृत स्तरको कर्मचारीको रुपमा सरकारी सेवामा हुनुहुन्छ, कस्तो महसुस हुन्छ ?
एकदै खुसी महसुस हुन्छ। सामान्य गाउँमा जन्मेर धेरै संघर्षपूर्ण यात्राका बाबजुत लोकसेवा तयारी गरेर आज सरकारी सेवामा छु। धेरै खुसी र गर्वको महसुस हुन्छ।
2– यो सफलता प्राप्तिका लागि यहाँले कसरी तयार गर्नुहुन्थ्यो ?
लोकसेवाका कुनै पनि परीक्षामा सफलता प्राप्ति गर्नका लागि त्यति सजिलो छैन। त्यति गाह्र विषय पनि होइन। लोकसेवामा सफल हुनका लागि सबैभन्दा पहिला त निरन्तर अभ्यासको आवश्यकता हुन्छ। कुनै रहर र बाध्यताले लोकससेवा पास गरिँदैन। लोकसेवा पास गर्नका लागि पढाई मात्र होइन, सक्रिय र नियमित अभ्यास नै गर्नुपर्छ। म चाहीँ निरन्तर रुपमा दैनिक पाठ्यक्रम अनुसार अभ्यास गर्थे। काठ्यक्रमको बुझाई र विश्लेषण पनि महत्वपूर्ण हुन्छ। त्यसका साथसाथै समय व्यवस्थापनसहित सकिय्र रुपमा अभ्यास गर्थे। पुराना प्रश्नपत्र संकलन गरेर पढ्थे। समसामायिक विषय पढ्थे। पाठ्यक्रममा आधारित भइ आफैँ नमुना प्रश्नपत्र बनाई लेख्ने र पढ्ने गर्थे। अर्को साथीभाइ साथै नेपाल सरकारका माथिल्ला तहका सरहरूको सल्लाहा लिएर उनीहरूले भने अनुसार नै पढ्थे। त्यसैको परिणाम स्परुप आज एउटा सानो सफलता प्राप्त गरेको छु।
3– अध्ययनका लागि कुन र कति समय छुट्याउनु हुन्थ्यो ?
लोकसेवा तयारीका लागि यति घण्टा पढ्नुपर्छ, उति घण्टा पढ्नुपर्छ भन्ने सबै कुरा बाकबास लाग्छ मलाई। किनकि पढाई भन्ने कुरा निरन्तर सक्रिय अभ्यास हो। आफ्नो व्यस्तता बाहेकको समय मिलाएर पढ्नु पर्ने हुन्छ। पढ्दा ध्यान दिएर पढ्यो भने तपाईंले पढेको कुरा छोटो समयमा पनि याद हुने हुन्छ। राम्रोसँग पढ्ने हो भने दिनमा ४–५ घण्टा मात्रै पढे पनि हुन्छ। तर, पढ्दा अन्त मन डुलाएर अनेक कुरा खेलाउनु हुँदैन। पढ्दा मनमा अरु कुरा खेलाए दिनमा १२–१५ घण्टा बढे पनि केही कुरा याद हुँदैन। यस्तरी पढ्नुको अर्थ पनि हुँदैन। एकचित्त भएर पढ्ने गर्नुपर्छ। म दिनमा १०–११ घण्टा काम गर्थे। कामको थकानले साझ पढ्नै सक्दैन थिए। त्यसैले साझको समयमा लेख्ने गर्थे। पढ्ने चाहीँ दिउँसो कार्यलयका काम कम भएको समयमा र बिदाको दिनमा हो। मेरो सेडुलमा यति उति घण्टा पढ्ने भन्ने थिएन। समय मिल्दा निरन्तरको अभ्यास थियो।
4– लोकसेवा तयारी कक्षा र पुस्तकले तयारीमा कस्तो टेवा पुग्छ ?
लोकसेवा तयारीका कक्षाले तयारीको मार्गदर्शनको रुपमा कार्य गर्दछ। अझ लोकसेवामा नयाँ हो, केही कुरा थाहा छैन भने तयारी कक्षा लिनु उपयुक्त हुन्छ। किनकि तयारी कक्षाले लोकसेवा तयारीका चरणमा धेरै कुरा बुझ्न र जान्न मद्त गर्छ। पुस्तकको कुरा गर्नुपर्दा तपाईंले कुन पदका लागि तयारी गरिरहनु भएको छ ? त्यहिँ पदको पाठ्यक्रम अनुसारको पुस्तक हुनुपर्छ। आफूलाई मन पर्ने कुनै एउटा पुस्तकलाई आधार मानेर अरु पुस्तकलाई सहायक पुस्तकका रुपमा लिँदा राम्रो हुन्छ। तयारीका समयमा पुस्तक एकदमै महत्त्वपूर्ण हुन्छन्।
5– अध्ययन गर्दा कस्ताखाले सामाग्री छनोट गर्नु उपयुक्त हुन्छ र यहाँले कस्ता सामाग्रीलाई बढी प्राथमिकता दिनु हुन्थ्यो ?
हामी जुन पदको लागि जाँच दिँदैछौं। सो पदको सबै पाठ्यक्रम समावेश भएको साधारण भाषामा लेखिएको पुस्तकलाई आफ्नो प्रारम्भिक पाठ्य सामग्री बनाउने हो। यदि यस्ता सामाग्री एउटै पुस्तकमा उपलब्ध हुँदैन भने एकभन्दा बढी पुस्तक प्रयोग गर्ने गर्नुपर्छ। यसले पाठ्यक्रमका सबै विषयको सामान्य जानकारी गराउँछ। अध्ययन गर्दा अथेन्टीक सामाग्री हुनुपर्छ। जसले गर्दा पढ्नलाई सजह हुन्छ। जस्तैः पुराना पाठ्यक्रम, पुराना प्रश्नपत्र, संविधान, योजना, बजेट, सरकारका नीति तथा कार्यक्रम, सर्वेक्षण आदि आधिकारिक सामाग्री हुन्। यीनीहरूको अध्ययन गर्नु राम्रो हुन्छ। अर्को बजारमा उपलब्ध आधिकारिक लेखकका पुस्तक पनि अध्ययन गर्नुपर्ने हुन्छ। जसले हाम्रो पढाईमा सहयोग पुग्छ। कुनै विषय अध्ययन गर्दा कानुन हेर्ने, मन्त्रालय वा अन्य कुनै सम्बन्धित विषयका सामाग्री हेर्ने पनि गर्न सकिन्छ। प्रतिस्पर्धाको समय छ आफ्नो पढाईलाई अरु भन्दा भिन्न बनाउनु पदर्छ। त्यसका लागि सरल भाषमा आधिकारिक विषयवस्तु अध्ययन गर्नुपदर्छ।
6– स्कुल तहको पढाइपछि तपाईंलाई के बन्ने सपना थियो ?
म गाउँमा जन्मेर गाउँकै सामान्य स्कुलमा अध्ययन गरेँ। सानोमा म कुनै सपना बोकेर अध्ययन गरेको व्यक्ति होइन। गाउँका सरकारी स्कुलको पढाइ कमजोर थियो। हामी कुनै सपना नबोके पनि कसैले के बन्ने भनेर सोद्धा डक्टर , पाइलट बन्ने भन्थौं। जबकी डाक्टर, पाइलट भनेको के हो ? थाहा थिएन। समयक्रमसँगै धेरै कुरा बुझ्ने भयौं। र, निजामति सेवातर्फ आकर्षित भएँ। लोकसेवा तयारी गरेर अहिलेको सरकारी सेवामा छु।
7– बुबा–आमाले तपाईंलाई पेसागत रुपमा के बनेको हेर्न चाहानु हुन्थ्यो ?
मेरो त बुबा पनि सरकारी सेवामा भएकाले होला सरकारी कर्मचारी बनी राष्ट्रको सवा गर्नुपर्छ भन्नुहुन्थ्यो। जुन अहिले सोही अनुसार भएको छ।
8– तपाईंले सरकारी सेवा नै रोज्नुको कारण के हो ?
मलाई विदेश जाने रहर कहिले जागेन। आफ्नै देशमा स्थायी जागिर खाएर जनताको सेवा गर्नुपर्छ भन्ने सोच राखेको थिएँ। सरकारी सेवामा प्रवेश गरी राष्ट्र र जनताको सेवा गर्नुपर्छ भन्ने सोच बढ्दै गयो। समाजमा सरकारी सेवाप्रतिको मान, प्रतिष्ठा, सम्मान, सत्कार पनि बेग्लै छ। त्यसैले सरकारी सेवामा प्रवेश गरी सामाजिक सम्मान प्राप्ति गुर्नु पनि थियो। विदेश गएर अरुको देशमा काम गर्नुभन्दा आफ्नै देशमा बसेर देश र जनताको सेवा गर्नुपर्छ भन्ने सोचले सरकारी सेवाप्रति आकर्षित भएको हुँ।
9– अहिले लोकसेवाप्रति युवाहरुको आकर्षण कस्तो देख्नु हुन्छ ?
पछिल्लो समय लोकसेवाप्रति युवाहरुको आकर्षण निकै बढेको छ । खासगरी माथिल्लो वर्गको भन्दा पनि मध्यम वर्गिय परिवारबाट आउनु भएका विद्यार्थीहरु अझ बढि लोकसेवाप्रति आकर्षित छन् । किनभने नेपालमा निजी क्षेत्रमा काम गर्दा न त सुबिधा नै छ न त तलब नै तेही भएर लोकसेवा नै विकल्प हा भन्ने कुरा युवाहरुले बुझिुकेका छन् ।
11– अन्त्यमा लोकसेवा तयारी गरिरहनु भएका परिक्षार्थिलाई के भन्न चाहानु हुन्छ ?
अहिले लोकसेवामा प्रतिशप्रधा चलिरहेको छ। मेहेनत गरेर निरन्तर पढ्ने बानिको विकास गर्यो भने लोकसेवा बाहिर हल्ला भएजस्तो अप्ठ्यारो पनि हुँदैन । लोकसेवा तयारी गर्दा धैर्यता र लागनशीलता हुन जरुरी छ । विषयवस्तुको छनोटदेखि लिएर, पढाईको तरिका थाहा नपाएर धेरै मान्छेहरु वर्षौदेखि लोकसेवा तयारी भनेर अल्झिरहेको, असफल भएको उदाहरुण पनि छन् । तर, आफ्नो विषयसँग सम्बन्धित किताबहरु पढ्नुपर्ने हुन्छ, भ्याईन्छ भने लोकसेवा तयारीका क्लासहरु लिने र हार मान्नु हुँदैन। आत्मविश्वासका साथ पढ्नुपर्छ। पहिलो पटकमा नै त कोहि सफल हुन सक्छ कोही असफल हुन सक्छ, तर निरन्तर पढेपछि पछि अवश्य पनि एक पटक सफलता हाँसिल गर्न सकिन्छ।