अक्सर हामी जीवनमा चालेका एक–दुई वटा प्रयासमा असफलता हात लाग्नेबित्तिकै ‘डिप्रेश’ हुन्छौँ । कि त छाड्छौँ त्यो प्रयास वा मोड्छौँ जीवनको गन्तव्य ।
काठमाडौं –बुवा मित्रलाल भट्टराई र आज रिता भट्टराईको कोखबाट जन्मिएका तीन दाजुभाइ खगेन्द्र भट्टराई, ज्ञानेन्द्र भट्टराई र योगेन्द्र भट्टराई–यी एकै परिवारका छोराहरूले अभाव, संघर्ष र सीमितताबीच बाटो खोलेर सरकारी सेवामा प्रवेश गरे। अहिले उनीहरू गाउँका लागि मात्र होइन, देशका युवाहरूका लागि पनि प्रेरणाको स्रोत बनेका छन्।
तीनैजना दाजुभाइ अहिले आ–आफ्नै क्षेत्रमा मा कुशलतापूर्वक सेवा गरिरहेका छन् ।
बुवा मित्रलाल भट्टराई पहिला वैदेशिक रोजगारीको आशमा विदेशिएका थिए । तर आम्दानी नहुँदा स्वदेश फर्किएर खेतीपातीमा लागे ।
वैदेशिक रोजगारीको आशमा विदेशिए पनि उल्लेखनीय आम्दानी नहुँदा स्वदेश फर्किएर खेतीपातीमा लागेको उनीहरुका बुवा मित्रलाल बताउँछन् । आफ्नै जमिन थोरै थियो, तर छोराहरूको पढाइ रोकिन नदिन अरूको खेतमा श्रम गरे उनेले भने।
गाउँकै विद्ययालयमा पढेका तीन दाजुभाइले पछि काठमाडौं आएर सानो कोठामा अनेक अभाव सहँदै पढाइलाई निरन्तरता दिए। त्यही संघर्ष, धैर्य र अडानले आज उनिहरुलाई सरकारी सेवामा पुर्याएको हो।
सरकारी विद्यालयप्रति अभिभावक उदासीन देखिरहँदा भट्टराई–को छोराहरुको यो सफलता समाजका लागि उदाहरण बनेको छ । जुनसुकै विद्यालयमा पढे पनि आफ्नो पढाइ र लगनशिलतामा भरपर्ने भन्ने उदाहरण उनिहरुले देखाएका छन् ।
जेठा छोरा खगेन्द्र भट्टराईले २०७६ सालमा नियुक्ति पाए । उनि हाल ताप्लेजुङको मैवाखोला गाउँपालिकामा लेखा अधिकृत (छैटौँ तह) पदमा कार्यरत छन् ।
२०७९ सालमा सरकारी सेवा प्रवेश गरेका माहिला छोरा ज्ञानेन्द्र भट्टराई डोल्पाको ठुली भेरी नगरपालिकामा नायब पशु सेवा प्राविधिक (चौथो तह) पदमा कार्यरत छन् ।
यस्तै, २०८१ सालमा नियुक्ति पाएका कान्छा छोरा योगेन्द्र भट्टराई सिन्धुलीको गोलन्जोर गाउँपालिकामा लेखापाल (पाँचौँ तह) पदमा कार्यरत छन्।
सामान्य परिवारको घरमा हुर्किए—खगेन्द्र भट्टराई, ज्ञानेन्द्र भट्टराई र योगेन्द्र भट्टराई । ती तीन दाजुभाइ आज सरकारी सेवामा छन् । एउटै कोखबाट जन्मेका दाजुभाईले आज लोक सेवा आयोगमार्फत लिईने परीक्षामा प्रतिस्पर्धा गरेर सफल पनि भएका छन् । यसले उनीहरूको अध्ययन, मेहनत र लक्ष्यप्रतिको प्रतिबद्धता स्पष्ट पार्छ।
भट्टराई परिवारले त्यो असम्भव जस्तो देखिने सपना साकार पारेको छ।
छोराहरू सरकारी सेवामा पुग्दा सबैभन्दा बढी खुसी भएकी छु आमा रिता भट्टराईले भनिन्, “दुःख सहेर छोराहरूको पढाइमा सघाएँ, उनीहरूले आमाबुबाको मिहिनेत खेर जान दिएनन् ।” उनको लागि यो केवल छोराहरूको सफलता होइन, आफ्नै जीवनको सार्थकता ह । छोराहरूलाई विद्यालय पठाउनेदेखि काठमाडौं ल्याउने, बसोबासको जोहो गर्ने सबै जिम्मेवारी आफुले उठाएको रिता बताउँछीन्।
समाजमा औसतम मानिसहरू एक दुई प्रयासमै असफल हुन्छन् । र, प्रयास गर्न छाड्छन् ।उहरनी भन्छन् ‘ लक्ष्य लिएर निरन्तरको प्रयास गर्ने हो भने असम्भव भन्ने चिज केही छैन ।
लोक सेवाको आयोगको तयारी गर्दा उनले निरन्तरता दिने र लिखित परीक्षाका लागि बढी भन्दा बढी लेख्ने, मोडल सेट अभ्यास गर्ने गरेका थिए । लोक सेवा तयारीमा लागिरहेकालाई उनी आफ्नो समय र प्रयासलाई एकचित्त भई पढाईमा केन्द्रित गर्नुपर्ने र लेख्दै पढ्ने बानीको विकास गर्नुपर्ने उनीहरुको सुझाव छ ।