काठमाडौँ– सरकारले चैते धानको न्यूूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपियाँ ६९ पैसा तोकेको छ। मन्त्रीपरिषद्को हालै बसेको बैठकले अठार प्रतिशत चिस्यान भएको चैते धानको समर्थन मूूल्य तोकेको हो।
अठार प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुुन आउने तौलका आधारमा न्यूूनतम समर्थन मूूल्य कायम गर्ने निर्णय गरिएको जनाइएको छ ।
सरकारले गत वर्षदेखि चैते धानको न्यूनतम समर्थन मूूल्य निर्धारण गर्न थालेको हो । गत आर्थिक वर्ष २०८०–८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थनमूल्य प्रतिक्विन्टल दुई हजार ७०७ रुपियाँ २८ पैसा तोकेको थियो। गत आवको तुुलनामा चालु आवमा प्रतिक्विन्टलमा ९३ रुपियाँ बढी मूूल्य निर्धारण गरेको हो।
मुलुकभर चैते धान रोपाइँको चटारो चैत्र महिना देखि नै सुरु हुँन्छ । न्यूनतम समर्थन मूल्य बाली लगाउनुअघि नै निर्धारण गरिनुपर्छ । सोही आधारमा किसानले बाली लगाउने–नलगाउने निर्णय गर्छन् । यद्यपि धानको मूल्य तोकिएकाले किसानका लागि राम्रो भएको जानकार बताउँछन् । तर मूल्य निर्धारण गर्ने समय भने ढिलो भएको कृषि अभियन्ता उद्धव अधिकारी बताउँछन्। ‘
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०८१–८२ मा एक लाख नौ हजार ३०९ हेक्टर क्षेत्रफलमा पाँच लाख ४४ हजार ३९३ मेट्रिक टन चैते धान उत्पादन भएको छ।
यस्तै आव २०८०–८१ एक लाख चार हजार ७१२ हेक्टर क्षेत्रफलमा पाँच लाख २० हजार ८०८, आव २०७९–८० मा एक लाख आठ हजार ६०७ हेक्टर क्षेत्रफलमा पाँच लाख ४० हजार ३३१ मेट्रिक टन उत्पादन भएको थियो। चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.९८ प्रतिशत रहेकामा बर्खे धानको उत्पादकत्व प्रतिहेक्टर ४.१९ प्रतिशत छ।
न्यूनतम मूल्यका लागि कृषकको उत्पादन लागत, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश र पालिकाको तथ्यांक, मिलसम्म लैजाने ढुवानी र केही प्रतिशत मुनाफासहित राखेर मूल्य तोकिएको छ। यी बाहेक सीमावर्ती मूल्य पनि लिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । तर, पछिल्लो समय चैते धानको क्षेत्रफलसँगै उत्पादन पनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ।
मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले बर्खे धानको तुुलनामा चैते धानको उत्पादकत्व बढी रहेकाले उत्पादन बढाउन सकिने बताए। बर्खे धानको क्षेत्र विस्तार गर्न कठिन रहेकाले चैते धानमा सिँचाइ सुविधा थपेर उत्पादन बढाउन सकिने उनको भनाइ छ ।
खाद्यले धान खरिद गर्न सकेन:
तर, यता, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लक्ष्यअनुसार धान खरिद गर्न असफल भएको छ। देशभरबाट कम्पनीले यो वर्ष ७ लाख ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो । तर हालसम्म १ लाख १८ हजार ८ सय २० क्विन्टल मात्रै धान खरिद गर्न सकेको छ।
यो परिमाणमा धान खरिद गर्दा साढे दुई अर्ब बढी रकम खर्च हुने अनुमान गरेको थियो। हालसम्म कम्पनीले देशभरबाट धान खरिद गर्दा ४१ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ। देशभरका कम्पनीले ९ वटा शाखाबाट धान खरिद गरेको हो।
नेपालमा समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३०५० मिटर उचाइसम्म चैते धान खेती गरिन्छ । चालुु आवमा बर्खे र चैते गरेर ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको छ। मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धान आवश्यक पर्नेमा अझै ११ लाख मेट्रिक टन धान अपुुग रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। चैत धानको उत्पादन बढाएर धानमा आत्मनिर्भर बन्न खेती विस्तारमा जोड दिइएको मन्त्रालयले जनाएको छ।
सरकारले सहयोग आवश्यक:
सरकारले चैते धानको मूल्य मात्रै नतोकेर धान खरिदमा पनि सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ। चैतै धान रोपाइँ गर्दा केही सहज भए पनि भित्र्याउँदा निकै सकस हुने किसानहरु बताउँछन् ।
केही वर्षदेखि लगातार धान बाली हुने क्षेत्रफल घट्दै गएको छ। तर धानको उत्पादन भने बढ्दो क्रममा छ। पछिल्लो पाँच वर्षमा धानबाली हुने क्षेत्रफल ५२ हजार हेक्टर घटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले देखाएको छ।
बाली लगाएपछि धान भित्र्याउँदा बर्खा सुरु हुन्छ । बाली भित्र्याउँदा अप्ठ्यारो हुने भएकाले सरकारले त्यता पनि ध्यान दिनुपर्ने आवश्यक छ। ‘गत वर्ष धानको मूल्य निर्धारण गरे पनि किसानले फेरि पनि भुसको भाउमा धान बेच्नुपर्यो,’, ‘यो वर्ष पनि यस्तै हुन्छ कि धानको मूल्य मात्रै निर्धारण गरेर हुँदैन, बर्खामा धान जोगाउन मुस्किल पर्छ। यस्तो वेला सरकार किसानको खेतमा पुग्ने र धान ल्याएर सुकाउने खालको व्यवस्था हुनुपथ्र्यो।’चेतै धान रोपाइँ हुने क्षेत्रको पहिचान गरेर खरिद नै गरिदिएको भए अझै राम्रो हुनेछ ।
चैतै धानको उत्पादन:
नेपालमा २ लाख हेक्टर हराहारीमा चैतै धान खेती गरिन्छ। यहाँबाट करिब ५ लाख मेट्रिक टन उत्पादन हुने गरेको छ। चालु आर्थिक वर्ष ०८१–८२ मा १ लाख ९ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदा ५ लाख ४४ हजार मेट धान उत्पादन भएको छ।
कृषि मन्त्रालयका अनुसार गत अवमा १ लाख ४ हजार क्षेत्रफलमा खेती हुँदा ५ लाख २० हजार मेट धान उत्पादन भएको छ। यस्तै अघिल्लो अवमा १ लाख ८ हजार हेक्टरमा चैते धान रोपाइँ गरी ५ लाख ४४ हजार मेट्रिक टन उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ।
कुल गार्हस्थ उत्पादन (जिडिपी) मा २४.१ प्रतिशत योगदान कृषि क्षेत्रको छ। जिडिपीमा धानको १५ प्रतिशत योगदान छ। मुुलुकभर २६ लाख हेक्टर क्षेत्रफल कृषियोग्य भूूमि रहेको छ, जसमा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ।