अहिले लोकसेवामा धेरै अवसरहरु आएका छन  : विनोद  कुमार चौहान - Chaitanya News
  • 2026-06-09
  • 20:24:10
  • मंगलबार,जेठ २६, २०८३
  • अहिले लोकसेवामा धेरै अवसरहरु आएका छन  : विनोद  कुमार चौहान

    अहिले लोकसेवामा धेरै अवसरहरु आएका छन  : विनोद  कुमार चौहान

    कर्मचारीको प्रयाप्तता, जनप्रतिनिधिहरुसँगको समन्वय र समस्याका विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले आज इलामको माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार चौहानसँग गरेका संवादको सम्पादित अंश:

    तपाईं हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको कति भयो ?
    मेले माङसेबुङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकुतको जिम्मेवारी सम्हालेको २ वर्ष भयो ।

    यो दुई वर्षको अवधिमा यहाँका जनप्रतिनिधि र यहाँको माहोल कस्तो पाउनु भयो ?

    मैले आएको दिनबाट नै यहाँका कर्मचारीसँग बस्ने, छलफल गर्ने, वडा सचिवहरुसँग बस्ने र आएका सेवाग्रहीसँग उहाँहरुले चाहिँ रहनु भएको सेवाका बारेमा बुझ्ने गरेको छु। हाम्रा् चाहाना भनेकै जनपक्षीय सेवा प्रवाह गर्नु हो। त्यसमा सजग छु। र सोही अनुरुप हामी कर्मचारी र जनप्रतिनिधि मिलेर काम गरिरहेका छौं

    पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएको छ ?
    जनताका अपेक्षा त धेरै नै छन। विकास योजनादेखि पालिकाले प्रवाह गर्ने सवालमा सहजता हुने उहाँहरुमा अपेक्षा छ। जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न र सेवा प्रवाहका रुपमा उहाँहरुले भोग्नु परेका कठिनाईको समाधान गर्दै प्रविधि र जनमैत्री पालिका बनाउने हाम्रो भूमिका रहने छ

    तपाईँले पालिकामा प्रशासकीय कार्यशैलिको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
    कर्मचारीहरुको समय समयमा बोलाउने गरेको छु। आवश्यक निर्देशनहरु दिने, कार्मचारीलाई काममा लगाउन कुनै अप्ठेरो छ भने तयसको समाधान गर्ने, पालिकामा कुनै समस्या छ, जनतालाई दिने सेवामा कुने कमि आएको पाएमा सबै कर्मचारीहरुले छलफल गरेर समाधान गर्ने माध्यमबाट हामी अगाडी बढीरहेका छा

    कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ ?
    कर्मचारीको त अभाव नै छ। दरबन्दी अनुसार कर्मचारी छैनन्। त्यहीभएर हामीलाई काम गर्न गाह्रो छ। जनशक्तिको अभाव भए पनि यहीबाट व्यवस्थापन गरेर जनतालाई सेवा दिइरहेका छौं।

    के भइदिएमा अझै गुणस्तरीय सेवा प्रवमह गर्न सकिन्छ लाग्छ ?
    दरबन्दी अनुसार कर्मचारी छैनन्। यदि दरबन्दी अनुसार कर्मचारी भइदिए अझै गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्थ्यो भन्ने लाग्छ।

    अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनु भएका परीक्षार्थीलाई के भन्न चाहानु हुन्छ ?
    लोकसेवा प्राज्ञिक क्षेत्र हो। लोकसेवा तयारी गर्ने सबैको आ आफ्नो तरिका हुन्छ । पढ्ने, लेख्ने र बुझ्ने शैलि व्यक्ति पिच्छे फरक फरक हुन्छ । अहिले लोकसेवामा धेरै अवसरहरु आएका छन् । लोकसेवा तयारी गरिरहँदा मनमा अनेक अन्यौलता हुन्छन्। धेरै प्रकारका सोच आउँछन्। त्यसमा नकारात्मक सोच पनि पर्छ। तर, तयारीका चरणमा जहिले पनि सकारात्मक सोच राख्नुपर्छ। अरु कसैको कुरामा ध्यान नदिई आफ्नो पढाइलाई निरन्तरता दिनुपर्छ।

    कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई ?
    परिक्षार्थीमा निर्भर गर्ने कुरा हो। उनले कुन किसिमले अध्ययन गर्छ, कसरी अध्ययन गर्छ। यधवी आफुलाई मनपर्ने विषय र सहज लाग्ने विषयबाट सुरु गरेर जटिल विषयमा प्रवेश गनुपर्छ। अध्ययन तालिका बनाएर पढ्दा राम्रो हुन्छ। लोकसेवाको पढाईलाई जिस्काउनु
    भने हुँदैन। हातमा किताब भएको बेला ध्यान पनि किताबमा नै हुनुपर्छ। आफ्नो ध्यान भड्काउने कुरालाई छेउमा राख्नुहुँदैन। आफैमा अनुशासित हुनुपर्छ