नेपाल संघीयताको अभ्यासमा छ। यो अभ्यास केहि हदसम्म सफल पनि भइरहेको छ। ७ सय ५३ स्थानीय तह स्थानीय सरकारका रूपमा कार्यरत छन्। संविधानले जारी गरेको राज्य सञ्चालनको बाँडफाँडको आधारमा एउटा स्थानीय तह आफैँमा एउटा सरकार हो। एउटा मन्त्रालयको मुख्य सचिवको भूमिका जस्तै एक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको हालको अवस्थामा उस्तै भूमिका हो भन्ने कुरालाई पनि हामी नकार्न सक्दैनौं। प्रमुख प्रशासकीय अधिकृत आर्थिक अधिकार र आर्थिक नियम तथा प्रशानिक कामकाज गर्ने गराउने स्थानीय तहको कार्यलयको कार्यलय प्रमुख हो। पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्याउने र केही पालिकाहरूमा भौगलिक विकटताका र सिमित स्रोत साधनका बीच काम गर्न असहज भइरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन ? त्यहाँका जनताको अपेक्षा के छ ? यिनै कुरालाई मध्यनजर गर्दै चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत संवाद गरिरहेको छ। चैतन्य खबरका लागी निर्मला कडायतले आज अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेसँग गरेको संवादको सम्पादित अंश:
तपाँई हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवार सम्हाल्नु भएको कति भयो ?
मैले छत्रदेव गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको ६ महिना भयो ।
यो ६ महिनाको अवधिमा यहाँका जनप्रतिनिधिको व्यवहार र यहाँको माहोल कस्तो पाउनु भयो ?
मैले यहाँ जनप्रतिनिधिहरुको राम्रो साथ र सहयोग पाइरहेको छु । मैले आएको दिनबाट नै यहाँका कर्मचारीसँग बस्ने, छलफल गर्ने, वडा सचिवहरुसँग बस्ने र आएका सेवाग्राहीसँग उहाँहरुले चाहिँ रहनु भएको सेवाका बारेमा बुझ्ने गरेको छु । हाम्रो चाहाना भनेकै जनपक्षीय सेवा प्रवाह गर्नु हो । हामी त्यसमा सजग छौं । र सोही अनुरुप नै सेवा प्रवाह गर्ने छु ।
पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएको छ ?
पालिकामा कर्मचारप्रिति जनताका अपेक्षाहरु त धेरै नै छन् । जुन स्वाभाविक पनि हुन् । तर ति जनअपेक्षाहरुलाई हामीले विभिन्न कार्यक्रम मार्फत समाधान गरिरहेका पनि छौं । रोकिएका योजनादेखि पालिकाले प्रवाह गर्ने सेवामा सहजता होस् भन्ने जनअपेक्षा छ । जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न र सेवा प्रवाहका रुपमा उहाँहरुले भोग्नु परेका कठिनाईको समाधान गर्दै प्रविधि र जनमैत्री पालिका बनाउने मेरो भूमिका रहने छ ।
तपाँईले पालिकामा प्रशासकीय कार्यशैलिको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
पालिकामा प्रशासनीक नेतृत्व भइसकेपछि यहाँका प्रशासनिक काम कारबाहीमा नै मेरो ध्यान केन्द्रित हुन्छ । तथावी स्थानीय सरकार भएकाले यहाँका जनप्रतिनिधि, सत्तापक्ष, राजनीतिकदल लगायत कर्मचारीहरुसँग समन्वय, सहकार्य गरेर अगाडी बढीरहेका छौं । विभिन्न वडा र शखााबाट आएका रिपार्टको अध्ययन गर्दै त्यहाँका समस्याको पहिचार गरेर समाधान हुनेगरि काम पनि गरिरहेका छौं ।
कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ ?
कर्मचारीको त धेरै नै अभाव छ । दरबन्दी भन्दा ५० प्रतिशत कर्मचारी कम छन् । आधा कर्मचारीबाट नै हामीले सम्पूर्ण कामहरु धान्नुपर्ने हुन्छ । तथापि स्थानीय सरकारले विभिन्न शाखालगायत प्रशासनीक क्षेत्रमा काम गर्नका लागि आफ्नो स्रोतबाट पनि करार सेवामा कर्मचारी राखेर हामीले जनतालाई प्रदान गर्ने सेवालाई सहज तुल्याएका छौैं ।
के भइदिएमा अझै गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ लाग्छ ?
पालिकामा कर्मचारीको अभाव छ । दरबन्दी भन्दा ५० प्रतिशत कर्मचारी कम छन् । यदि दरबन्दी अनुसार कर्मचारी भइदियो भने हामीले गरिरहेका काम कारबाहीलाई अझै गुणस्तरीय बनाउन सकिन्छ ।
अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनुभएका परिक्षार्थीलाई के भन्न चाहानु हुन्छ ?
लोकसेवा भनेको देशमै बसेर तलव सुबिधा लिएर जनताको सेवा गर्न पाउने ठूलो अवसर हो । नेपालमा नै बसेर केहि गर्छु, नेपालमा नै भविष्य छ, मेरो जिविकोपार्जन पनि यहीँबाट गर्छु र भविष्यको सुरक्षा पनि मलाई लोकसेवाबाट मिल्छ भन्ने कुरामा चाहीँ युवासाथिहरुले विश्वास गर्न जरुरी छ ।
कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई ?
लोकसेवा तयारीको लागि सबै भन्दा त लोकसेवासँग लगाव हुन जरुरी छ । पछिल्लो समय लोकसेवामा प्रतिस्पर्धा चलिरहेको छ । त्यो प्रतिस्पर्धालाई चिर्नका लागि अरु भन्दा फरक तरीकाले तयारी गर्ने, लोकसेवा तयारी गर्ने नै हो भने यो सेवा मेरा लागि हो भन्ने तरीकाले सोचेर पढ्नु पर्छ । पहिलो चोटि असफल भयो भने म बाट हुँदैन् । म सक्दैन भनेर हार मान्नु हुँदेन् । प्रतिस्पर्धा हो प्रतिस्पर्धामा कतिबेला कसको नाम निस्कीन्छ त्यो कसैलाई पनि थाहा हुँदैन् । तर पढाईमा चाहीँ निरन्तरता हुँनुपर्छ, पढाईलाई निरन्तरता दिइराखेपछि एक दिन अवश्य पनि सफलता हासील हुन्छ । कतिपय साथिहरुले म हिजोको दिनमा कलेजमा कमजोर थिए, लोकसेवामा नाम निकाल्न सफल भइएला र भन्ने सोचिरहेका हुन्छन् । त्यसको चिन्ता गर्नु पर्दैन । लोकसेवा सुरु (जिरो) बाट नै सुरु गरिन्छ । र सुरु गर्दा हिजोको दिनलाई भुलेर आजको दिनलाई बढी ध्यान दिँदै लोकसेवामा नै सुनौलो भविष्य छ भन्ने सोच बनाएर पढ्नुपर्छ, सफलता अवश्य मिल्नेछ । बाकी भनेको नोट बनाएर पढ्ने, तयारी क्लासहरु लिने, आफुलाई कमजोर नठान्ने, आफ्नो क्षमताप्रति विश्वास गर्दै तयारी गर्ने लोकसेवामा सफलता निश्चित छ ।