काठमाडौं– हरित अर्थतन्त्र र तीन तहका सरकारबीचको समन्वय नेपालका लागि अहिलेको प्रमुख एजेण्डा हो । यही विषय नेपाल सरकारको प्राथमिकतामा पनि छ । तर यी उपलब्धि कसरी हासिल गर्ने भन्ने ठोस योजना सरकारसँग छैन । हरित अर्थतन्त्र भनेको एक बहुआयामिक अवधारणा हो जसले मानव कल्याण र सामाजिक समानतामा सुधार ल्याउँछ, जबकि वातावरणीय जोखिम र पारिस्थतिक अभावलाई उल्लेखनीय रुपमा घटाउँछ । हरित अर्थतन्त्र एक निष्पक्ष र लचिलो अर्थतन्त्र हो । जसले सबैको लागि गुणस्तरीय जीवनका आधारहरु प्रदान गर्दछ ।
यी कुरा भए भनेमात्रै समृद्धि हासिल हुन्छ । समृद्धि हासिल हुनका लागि जनताको हार्थिक अवस्थापनि माथि उकास्नुपर्छ । गरित अर्थतन्त्र र तीन तहका सरकारबीचको समन्वयलाई केन्द्र भागमा राखेर काठमाडौंको शङ्खमुलस्थित चैतन्य एकेडेमीले ४ र ५ असोजमा धुलिखेलको लज रिसोर्टमा दुई दिने संवादको आयोजना गर्यो।
कार्यक्रमका प्रमुख अतिथि एनम् अर्थमन्त्री श्री विष्णु पौडेलले मुलुकको समृद्धिका लागि सरकार योजनावद्ध ढंगले अघि बढिरहेको बताए । देशमा विकास निर्माणका काम भइरहेको बताउँदै उनले जनतालाई नआत्तिन आग्रह गरे ।
आर्थिक र वित्तिय सूचकहरु समारात्मक बन्दै गए पनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । बजारमा माग बढ्न सकेको छैन । बजारमा माग बढ्न नसकेको गुनासो छ । अर्थतन्त्र दबाबमै छ, अर्थमन्त्री पौडेलले भने, केही समय अघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको हो । उनले आफुहरुले चाहे जसरी अर्थतन्त्रको शिथिलता कम नभएको हो कि भन्ने लागेको बताए । अब भने सरकार सशक्त हस्तक्षेपका लागि तयार भएको उनको भनाई थियो । उनले देशको दक्ष जनशक्ति मुलुकमै बस्नुपर्ने र सबै मिलेर काम गर्दा मुलुकमा दिगो विकास र समृद्धि हासिल गर्न प्रस्ट पारे।
विकसित मुलुक एकै पटक विकसित भएका होइनन् । नतिजा आउन समय लाग्छ । अहिले हामीले इमान्दारिताका साथ काम गरिरहेका छौं, नेपालमा विकास सम्भव छ, उनले भने ।

यस्तै नेपाली कांग्रसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताए ।
युवाहर विदेशिने क्रम बढ्दो रहेको हुँदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितको काम गर्नुपर्छ उनले भने । युवाहरुलाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।
मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उनले बताए । अब मुलुक बनाउन्ुपर्ने वेला आएको भन्दै देशलाई पछाडी फर्कन नदिई परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उनको धारण छ ।

यो सँगै नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाक्रीले स्वास्थ्य क्षेत्रको विकासका लागि राजनीतिक सुद्धिकरण आवश्यक रहेको बताइन् ।
स्वास्थ्य प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो । कुनै पनि नागरिक स्वास्थ्योपचारबाट बन्चित हुनु हुँदैन, उनले भनिन्, प्रत्येक नागरिकको स्वास्थ्यमा सहज पहुँच छैन । दुरदराजका जनताले औषधि र उपचार अभावमा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुन सकेको छैन ।

यस्तै नेपाल सरकारका पूर्वमुख्य सचिव डा. विमल कोइरालाले शासक र कार्मचारीले नै मुलुकको अनुहार फेर्नसक्ने धारणा राखे ।
डा. कोइरालाले सुशासन र समृद्धिका लागि कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले मुलुकको अर्थतन्त्रमा जनताको पनि ठूलो भूमिका रहने बताए । समस्याको पहिचान गर्ने मात्र होईन, समाधानमा पनि ध्यान दिनुपर्छ । हामीले समस्याको समाधान गरेर मात्रै समृद्धि कायम गर्न सक्छौं, उनले भने । सुशासनका लागि सासकले जनतासँग साझेदारी गर्दै अघि बढ्नुपर्ने उनले बताए ।
नेपनलमा राजनीतिक फेरिए पनि जनपेक्षाअनुसार विकास र समृद्धिको काम हुन नसकेको बताएका छन् । हामीले राजनीतिक नेतृत्व पायौं र परिवर्तनको नेतृत्व पाएनौं, त्यसैले गर्दा समृद्धिमा समस्या भइरहेको छ, उनले भने । उनले हरेक नेपालीको घरदैलोसम्म अनुभूति पुग्नुपर्ने बताए ।

यस्तै लोकसेवा आयोग पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले सरकारले नागरिकसँग गुणस्तरीय सम्बन्ध कायम गर्नु नै सुशासनको अवधारण भएको बताए । सन् १९९० भन्दाअघि त हामीले सरकार र सुशासनलाई एउटै अर्थमा बुझ्ने गथ्यौं । त्यो बेलामा लेभ्रल इकोनोमिस्टले खुल्ला अर्थतन्त्रको वकालत गर्थे, ती बजारका अदुश्य हातले पनि चमत्कार गर्न सकेनन् । राज्यको थ्रेटपावरले पनि चमत्कार गर्न नसकेपछि राज्य,निजी क्षेत्र र सिभिल सोसाइटी गरी तिनै वटाको पावर एकै ठाउँ आएर साझेदारी गदौ राम्रो उपलब्धि हासिलहुन्छ भन्ने थियो, उनले भने, अब सुशासनमा किन सफलता हासिल गर्न सकेनौ भनने प्रश्न उठ्छ । सुशासनका इन्डिकेटर सकारात्मक छैनन् । सुशासनसँग सम्बन्धित विभिन्न अन्तराष्ट्रिय संस्थाका वल्र्ड गर्भरमेन्ट इन्डिकेटर भनौं अथवा ट्रान्सफरेन्सी इन्टरनेसनलका इन्डिकेटर भनौं, अथवा रुलअफ लका इन्डिकेटर भनौं, विभिन्न खालका प्रशासन छन् ।
यस्तै उनले नेपालको सनदर्भमा हामीले राजनीतिलाइए एक समावेश िबनाएको बताए ।
उनले नेपालको अर्थतन्त्र इन्क्लुसिभ हुन सकेकाले कही व्यापारी घरानाहरुले अर्थतनत्र कब्जा गरेको धारणा राखे ।

यस्ते नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अधिकारीले पनि मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको बताए ।
उनले मौद्रिक तथा वित्तीय सूचकहरु सहज बन्दै गएको समेत बताए । बाह्य क्षेत्र सहज छ मुद्रास्पलीति घटेको छ , बैक तथा वित्तीय संस्थामा तरलता बढेको छ । अटो मोबाइल र पुँजी बजारलगायत क्षेत्र चलायमान हुँदै गएको छ, गभर्नर अधिकारीले भने चालु आर्थिक वर्षबाट नयाँ ढंगले अर्थतन्त्र चलायमान हुन्छ । हाम्रो प्रणालीमा के–के समस्या छ लभनेर हेरेर तयसलाई नीतिगत रुपमा समाधान गर्दै जाने छौं ।
बाफिया विधेकले बैंक तथा वित्तीय संस्थापक र ऋणी छुट्याउनुपर्ने भन्ने व्यवस्थाा संशोसनीय छ, उनेले भने, अख्तियार र सतर्कता केन्द्रले निजी क्षेत्रको नियमन अनुगमन गर्ने व्यवस्था ल्याउँदा त्यसको थप समस्या पार्छ ।

यस्तै साहित्यकार एवं कवि डा. नवराज लम्सालले समृद्धिका लागि विभिन्न क्षेत्रका व्यक्तिले आफ्नो जिम्मेवारी कुसलतापूर्वक पुरा गर्नुपर्ने बताए । सबले आफ्नो जिम्मेवारी पुरा गरेमात्रै त्यसले राम्रो नतिजा दिनसक्ने लम्सालले बताए ।
लम्सालले कला, साहित्य र संस्कृतिका क्षेत्रमा पनि समृद्धिको आवश्यकता रहेको औल्याएका छन् । साहित्यक चेतले समृद्धिको यात्रालाई सघाउने उनले बताए।
साहित्यकि चेतले आफुलाई समृद्धिकरण गरेर लैजान झकझक्याउने काम गर्छ। मान्छेले दीर्घजीवी दिव्यजोति खोज्नुपर्छ, उनले भने।
लम्सालले पछिल्लो दिनमा कला, साहित्य ओझेलमा पर्दै गएको समेत बताए । हाम्रो अध्यात्मिक पाटोले हिमालय, रुख, माटो। पानी, हावालाई देउता देख्ने संस्कृति हो । पछिल्ला दिनमा हामीले रुखलाई देउता देख्न छोड्यौ, हावालाई पवन देउता देखेनौं, पानीलाई पानी मात्र देख्यौं जल देखेनौं, उनले भने , यसले संस्कृति मासिँदै गएको छ । र सांस्कृतिक विकासको बाधक हो ।
मान्छेमा आफ्नो संस्कृतिको रक्षा गर्दै बाच्न चाहने संस्कृतिको अन्त्य हुँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् । यसका साथै प्राज्ञिक क्षेत्रमा राजनीति हाबी हुँदै जानु पनि गलत भएको लम्साल बताउँछन् ।

यस्तै योजना आयोग पूर्व अध्यक्ष डा. विश्व नाथ पौडेलले वित्तीय प्रणालीमा बढी रकम हुँदा संचित रकम जति आयातको भुक्तानीमा जाने बताएका छन्।उनले अर्थतन्त्रमा बढी रकम हुँदा पैसा जति आयातको भुक्तानीमा जाने भन्दै त्यसको प्रभावस्वरूप वित्तीय प्रणालीमा तरलता घट्ने जोखिम भएको बताए ।
डा. विश्व पौडेलले आफ्नो प्रस्तुतिका क्रममा राजस्व पनि आयातमा निर्भर हुनु अर्को समस्या भएको बताए । देशमा विदेशी मुद्रा तिरेर किन्न सक्ने क्षमता हुँदा पनि आन्तरिक उत्पादन भएन भने जोखिम यथावत् हुन्छ। देशमा उत्पादनमा भन्दा व्यापारमा नाफा धेरै भए पनि निर्यात प्रबद्र्धनको दिगो उपायका रुपमा रहेको उत्पादनका क्षेत्रमा व्यवसायीहरू आकर्षित हुनसकेका छैनन् । जसको समस्या अर्थतन्त्रमा दीर्घकालसम्म पर्नसक्ने देखिन्छ ।
यो जोखिम घटाउने उपाय देशभित्रको उत्पादन वृद्धि हो। वार्षिक २० अर्ब डलरको आयात पनि समस्या होइन, यदि त्यो आयातले देशभित्र मूल्य अभिवृद्धि ९भ्यालु एडिसन० गर्छ भने। कच्चा पदार्थ ल्याएर देशभित्र उत्पादन गर्न सकेको भए हाम्रो जीवनस्तर माथि भइसक्थ्यो। हामीले त खालि आयात गर्ने र उपभोग गर्ने मात्रै गर्यौं। मूल्य अभिवृद्धि हुन सकेन। मुलुकभित्र पूँजी निर्माण हुन नसकेर आयात र खपत मात्रै हुने स्थिति अर्थतन्त्रका लागि सधैं जोखिमपूर्ण हो उनले भने।

यस्तै प्रतिनिधि सभा सदस्य सोविता गौतमले पुरुष प्रधान समाजको चरित्र नेपाली समाज, राजनीति र संघ सस्थामा झल्किँदै आएको टिप्पणी गरिन्। समावेशीताको कुरा गर्दा हाम्रा निकाय कति समावेशी रुपमा उपस्थित भएका छन् भन्ने हो। त्यो देखिँदैन। चाहिने नेतृत्व हो। नेतृत्वमा मस्तिष्कको कुरा मात्रै हुन पर्ने हो। मस्तिष्कले काम गर्न सक्छ वा सक्दैन हेर्नुपर्ने हो। यहाँ त महिला पुरुष हेरिन्छ,उनले भनिन्।
व्यूरोक्रेसी, राजनीति र विभिन्न संघ संस्थामा महिलालाई अवसर दिन नपाए हुन्थ्यो भन्ने भावना व्याप्त रहेको उनले बताइन्।

यस्तै वरिष्ठ पत्रकार बबिता बस्नेतको अनुभव पनि उनको भन्दा फरक थिएन्। उनले पनि नेतृत्व भन्ने वित्तिकै राजनीतिक छवि दिमागमा आउने र त्यो गलत भएको बताएकी छन्।
राजनीति नेतृत्व भए झैँ प्रत्येक संस्थाको नेतृत्व पनि नेतृत्व नै हो। हामीले साँघुरो रुपमा बुझ्यौं। महिलाहरूलाई अवसर नै दिन चाहेनौं, उनले भनिन्।

यो सँगै नायिक सुरक्षा पन्त पनि नेपाली चलचित्र क्षेत्र समेत यो सोचबाट अछुतो रहन नसकेको बताउँछिन्। होइजम भन्ने वित्तिकै नायकको अनुहार मात्र अगाडि आउने समाजमा महिला कलाकारलाई निकै बढी संघर्ष गर्नुपर्ने उनको अनुभव छ। उनले लिंग नभएर मान्छेको क्षेमतालाई हेरिनुपर्ने धारणा राखेकी छन् ।

यस्तै लोकसेवा आयोगका पूर्वा अध्यक्ष उमेश प्रसाद मैनाली चैतन्य असल शासन पैरवी सम्मान २०८१ द्धारा सम्मानित गरेको थियो । चैतन्य एकेडेमी, नेपालद्धारा वार्षिकरुपमा प्रदान गरिंदै आएको उक्त सम्मान यस बर्षका लागि पूर्व अध्यक्ष मैनालीलाई प्रदान गर्ने निर्णय छनौट समितिले गरेको थियो ।
चैतन्य एकेडेमीको आयोजनामा काभ्रेपलान्चोक जिल्लाको धुलिखेल लज रिसोर्टमा आश्विन ४ र ५ गते आयोजित राष्ट्रिय नीति संवादको बाह्रौं श्रृखलाको समुद्घाटन समारोहका बीच मैनालीलाई उक्त सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व मैनालीलाई रु १ लाख नगद सहितको सम्मानपत्रको हस्तान्तरण नेपाल सरकारका माननीय उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले गरेका थिए ।

मैनालीलाई एकेडेमीले स्थापना गरेको चैतन्य शासकीय सुधार तथा प्रशासकीय सुदृढिकरण सम्मान अर्पण गर्न पाइएको भन्दै चैतन्य ग्रुपका सिइओ गणेशप्रसाद जोशीले खुसी व्यक्त गरेका छन्।
एकेडेमीले आफ्ना नियमित सेवाका अलावा सामाजिक क्षेत्रममा पनि काम गरिरहेको जोशीले बताए। यसका अलावा धनगढीस्थित चैतन्य पाठशालाले शिक्षा, खेलकुद र साहित्यमा पनि प्रत्येक वर्ष पुरस्कार प्रदान गरिने जानकारी दिएका छन्।
कार्यक्रममा राजनीतिज्ञ, समाजशास्त्री, अर्थशास्त्री, सार्वजनिक प्रशासनमा रहेका व्यक्तिहरूलगायत विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।
