ज्ञान व्यवस्थापन र समृद्धिको वहस : तोमनाथ उप्रेती - Chaitanya News
  • 2026-11-18
  • 00:52:51
  • मंगलबार,मंसिर ०२, २०८३
  • ज्ञान व्यवस्थापन र समृद्धिको वहस : तोमनाथ उप्रेती

    ज्ञान व्यवस्थापन र समृद्धिको वहस : तोमनाथ उप्रेती

    उपसचिव, नेपाल सरकार
    ज्ञान मार्ग एक उत्कृष्ट अभ्यास हो। वर्तमान समयमा परिवर्तनशील, अन्तरजेलित, अन्तरनिर्भर , पारस्परिक र सुसूचीत समाजमा ज्ञानको महत्व अत्यन्तै बढेर गएको अवस्था विधमान छ ।सार्वजनिक सेवालाई प्रभावकारी , सक्षम , गुणस्तरीय एवं सामयिक बनाउन ज्ञानको आवश्यकता पर्दछ । आधुनिक समाजमा ज्ञान एउटा आर्थिक, राजनीतिक समाजिक एवं प्राविधिक परिवर्तनको पुँजी हो । ज्ञान व्यक्तिमा अन्तरनीहित बौद्धिक सम्पति हो । जुन प्रयोग गरेर नघट्ने, स्थानान्तरण गरेर नास नहुने, सेयर गर्दा झन् माझिने गर्दछ । यो ज्ञान सूचना र बौद्धिकताको मिश्रण हो । मूलतः ज्ञान ज्ञान छुन र देख्न नसकिने हुन्छ ।
    ज्ञान व्यवस्थापनमा संगठनले आफ्ना कर्मचारीलाई कार्यसम्पादन गर्दा बढीभन्दा बढी नयाँ ज्ञान सिर्जना गर्न र त्यसको प्रयोग गरेर काम गर्न उत्प्रेरित गरेको हुन्छ । ज्ञान सिर्जना गर्ने, प्राप्त गर्ने, भण्डारण गर्ने, सेयर गर्ने र प्रयोग गर्ने प्रक्रिया ज्ञान व्यवस्थापन हो । संगठनात्मक सिकाइका माध्यमबाट संगठनमा विशेष ज्ञान र सीपको विकास हुन्छ । ज्ञान व्यवस्थापनले ज्ञानको भण्डारण र ज्ञानको बहावको व्यवस्थापन गर्दछ । ज्ञानको भण्डारनसँग कम्प्युटरमा रहेको विशेषज्ञता र संकेत गरिएको ज्ञान सम्बन्धित हुन्छ भने ज्ञानको बहाव व्यक्तिबाट व्यक्तिमा स्थानान्तरण हुँदै गएको ज्ञानसँग सम्बन्धित हुन्छ ।
    ज्ञानको  अनुभव, सूचना, जानकारी तथा सिकाईहरुलाई ज्ञान उत्पादन गर्ने, सहि व्यक्तिलाई, सहि समयमा, सहि संचार गर्ने तौर तरिका नै ज्ञान व्यवस्थापन हो । संस्थालाई जिवन्त राख्ने एक उत्कृष्ट संयन्त्र हो ज्ञान व्यवस्थापन । ज्ञान सूचना र बौद्धिकताको मिश्रण हो । ज्ञानले मन र मस्तिष्कलाई परिष्कृत गर्छ । ज्ञान व्यक्तिमा अन्तरनीहित बौद्धिक सम्पति हो । जुन प्रयोग गरेर नघट्ने, स्थानान्तरण गरेर नास नहुने, सेयर गर्दा झन् माझिने गर्दछ ।  ज्ञानको पहिचान, खो,सर्जना र ज्ञानको भण्डारण गरी भविष्यका लागि उपयोग गर्न मिल्ने गरी ज्ञानको संग्रह र प्रकाशन मार्फत मानव जिवनको चेतनाको विकास गर्दै सर्वोकृष्ट प्राणीको मान्यतामा मानवलाई स्थापित गर्नु ज्ञान व्यवस्थापन हो। देश र नागरिकको सेवा गर्ने उद्देश्यले स्थापित सार्वजनिक सेवा नागरिक र समुदायका आवश्यकता सहज र सरलढंगले परिपूर्ति गर्न सक्षम, सदाचारी र उत्तरदायी हुनुपर्दछ । सार्वजनिक सेवालाई गुणस्तरीय एवं सामयिक बनाउन ज्ञानको आवश्यकता पर्दछ ।
    ज्ञानले कुनै पनि बिषय बस्तु वा समस्यालाई हेर्ने, बिश्लेषण गर्ने र समाधान गर्ने तरिकामा समेत फरक पार्दछ । तसर्थ ज्ञानलाई व्यक्तिगत वा संगठित एउटा महत्वपुर्ण औजारको रुपमा लिने गरेको छ । ज्ञान व्यक्ति बिशेषमा हुने तथ्य, जानकारी र अनुभव पनि हो । ज्ञानको प्राप्ति, बिचार, बिमर्श र यसको उचित उपयोग गर्ने क्रमबद्ध तरिकालाई ज्ञानको व्यवस्थापन भन्न सकिन्छ ।
    ज्ञान व्यवस्थापनले ज्ञानको प्रयोग,सृजना, पहिचान,संकलन,समिक्षा, बाँडफाँड र ज्ञानको अनुकुल प्रयोग गरी अति उत्तम तरिकाले प्रयोग, बौद्धिक क्षमता विकासका लागि अभ्यस्त वातावरणको विकास, विस्तार, सामाजिक तथा वैज्ञानिक मुल्य मान्यतामा आधारित संस्कारको विकास र विस्तारमा जोड दिन्छ ।प्रणालीगत रुपमा समन्वय गरि मानिसमा प्रक्रिया, प्रविधि र संस्थागतमा कठिन र अप्ठयारालाई समाधान गर्दै अनवरत रुपमा समन्वय गरी जानी जानी सजिलो बनाउन खोज अनुसन्धान गर्नमा उत्प्रेरित हुनका लागि ज्ञान व्यवस्थापन आवश्यक पर्दछ ।
    वर्तमान समयमा  हरेक व्यक्तिको फेसबुक पेज, टिकटक, वेवसाइट, इमेल,  लगायत युटुव च्यानलहरुले मानिसलाई क्षमता विकास गर्न र ज्ञानको संग्रह गरी व्यवस्थापन गर्न सजिलो बनाएको अवस्था विधमान  छ । अब घरमा वाइफाइ जडित कम्प्युटर र मोबाइलको प्रयोगबाटै संसारमा भएका सवै सुचनाहरु प्राप्त गर्न सकिने अवसथा सिर्जना भएको छ ।
     वर्तमान समयमा ज्ञान व्यवस्थापन समग्र संगठन सुधारको महत्वपूर्ण रणनीतिका रूपमा प्रयोग हुँदै गएको पाइन्छ । ज्ञान व्यवस्थापन आफैमा एउटा नियमित र निरन्तर प्रक्रिया हो । ज्ञान व्यवस्थापन एउटा नियमित चक्र हो । यसको चक्रमा तथ्याङ्क, सुचना र ज्ञानलाई क्रमश संकलन, बिश्लेषण, भण्डारण एवम् उपयोग गर्ने कुरालाई बिशेष ध्यान दिइन्छ ।
     ज्ञान व्यवस्थापनले संगठनात्मक ज्ञान प्रवद्र्धन गर्दै संगठनात्मक सुधारमा सहयोग गर्दछ । संगठनात्मक ज्ञान संगठनको महत्वपुर्ण सम्पत्ति हो । संगठनात्मक ज्ञानले व्यक्तिगत ज्ञानलाई सशक्त, तर्कपूर्ण, सुसंगत बनाउँदैे संगठनको सक्षमता र प्रभावकारिता बढाउन मदत गर्दछ । संगठनको कामलाई सक्षम, सवल, सुदृढ छिटोछरितो र मितव्ययी बनाउन ज्ञान व्यवस्थापन केन्द्रित हुने गर्दछ ।
    मानिसको जीवनलाई जिवन्त, क्रियाशिल राख्नका लागि सूचना र प्रविधिको युगमा ज्ञान व्यवस्थापन महत्वर्पुण साधन  मानिन्छ । नयाँ अभ्यासको पाठ सिक्न र ज्ञान साझेदारी गर्न, आयोजना डिजाईन र कार्यान्वयनमा सुधार गर्न, नीति प्रक्रियाहरुलाई प्रभाव पार्न, विद्यार्थीका गतिविधिहरुलाई जागरुकता बढाउन, नीति निर्माताहरु बीच विद्यार्थीलाई शिक्षा प्रदान गरी गुणस्तरीयता र प्रतिस्पर्धी क्षमतामा अभिवृद्धि गर्न, लक्षित वर्गहरुलाई ज्ञान आर्जनमुखी क्रियाकलापहरु कार्यान्वयन गरी जानकारी दिन, समुदायका साझेदारहरु निर्माण गरी निरन्तर समन्वय गर्न, सफल अनुभवहरु प्रचार गरी सकारात्मक सन्देश प्रवाह गर्नका लागि ज्ञान व्यवस्थापनले भुमिका खेल्दछ ।
    संगठनको सम्पर्क, सम्बन्ध र कार्यक्षेत्र विश्वव्यापीकरण बनेको, बहुसंस्कृति, बहुभाषा, बहुसम्बन्धमा काम गर्नुपर्ने भएको, समाज सुसूचित बनेको, प्रविधिको परिवर्तन र उन्नयन अकल्पनीय रहेको, संगठनको स्मृति लोप हुने प्रवृत्ति उच्च भएको र ज्ञानयुक्त कामदारको व्यवस्थापन गर्न संगठन निरन्तर सिकाइमा समर्पित हुन अनिवार्य बनेको कारण ज्ञान व्यवस्थापनको महत्व अझै बढेर गएको  छ ।
    वर्तमान समयमा सबैले ज्ञान हासिल गरिरहेका हुन्छन् । तर यसको उचित व्यवस्थापन गरेको भने पाइदैन ।ज्ञान व्यवस्थापन सदैव उद्देश्यमूलक हुन्छ । संगठनात्मक ज्ञानबाट फाइदा लिनका लागि ज्ञानको समुचित उपयोग गर्नु प्रमुख उद्देश्य हो । संगठनबाट अवकाश हुने, वा छोड्ने कर्मचारीको ज्ञान उनीहरूको स्थानमा काम गर्न आउने कर्मचारीमा सार्ने व्यवस्थालाई सहजीकरण गर्नु, संगठनबाट कर्मचारी अवकाश हुँदा वा छोडेर जाँदा संगठनात्मक सम्झना वा सूचना नासिएर जानबाट रोक्नु, संगठनको सफलताका लागि ज्ञानको महत्वपूर्ण स्रोत र महत्वपूर्ण कार्य क्षेत्र पहिचान गरी ज्ञान उपयोग गर्नु तथा संगठनको बौद्धिक पुँजीको महत्तम उपयोग गर्न ज्ञान उपयोग गर्ने विधि भएको टुलकिट बनाउनु ज्ञान व्यवस्थापनको मुख्य उद्देश्य हो ।
    ज्ञान व्यवस्थापनबाट संगठनका जनशक्तिले थोरै समयमा धेरै काम राम्रोसँग गर्न, गहन निर्णय लिन र समस्या समाधान गर्न सक्षम हुन्छन् । यसबाट पेसागत सीप विकास, टिममा काम गर्ने संस्कृतिको विकासभई समग्र संगठन लाभान्वित हुन्छ ।संगठन र संगठनमा काम गर्ने समग्र जनशक्ति ज्ञानको निरन्तर प्रयोग र अभ्यासले सक्षम हुदै जान्छन । व्यक्तिले संगठनमा काम गर्दाका बखत आर्जन गरेको ज्ञान र अनुभवलाई ज्ञान व्यवस्थापनले परिस्कृत बनाउदै लैजान्छ । ज्ञान सिद्धान्तः प्रयोग गर्दा बढ्ने, ननासिने हुन्छ । त्यस्तो ज्ञान व्यक्तिले संगठन छोडेमा वा संगठनले हटाएमा वा अवकास भएमा व्यक्तिसँगै जान्छ । यसलाई ज्ञानको नोक्सानी भन्ने गरिन्छ ।
    गुणस्तरीय उच्च शिक्षा र सीप, सूचना सञ्चार र प्रविधि, अनुसन्धान एवं विकास, नवीनता र नीति, नियमन, संस्थागत लगानी ज्ञानमा आधारित अर्थतन्त्रका खम्बाहरु हुन् । यी क्षेत्रको दिगो विकास गर्न सरकारको महत्वपूर्ण भूमिका रहन्छ । १६औं आवधिक योजनामा ज्ञानमा आधारित अर्थतन्त्रको बिजारोपण गर्न आर्थिक विकास र संस्थागत विकासका निम्ति सरकारले वातावरण बनाउनुपर्छ। प्रभावकारी अनुसन्धान र विकास तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने खालको उच्च शिक्षा र सीप विकासमा लगानी बढाउन आवश्यक रहेको छ।
    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)