आध्यात्मिक चिन्तनले सम्पूर्ण मानवजगतलाई जोड्ने काम गर्दछ: तोमनाथ उप्रेती - Chaitanya News
  • 2026-11-18
  • 03:13:06
  • मंगलबार,मंसिर ०२, २०८३
  • आध्यात्मिक चिन्तनले सम्पूर्ण मानवजगतलाई जोड्ने काम गर्दछ: तोमनाथ उप्रेती

    आध्यात्मिक चिन्तनले सम्पूर्ण मानवजगतलाई जोड्ने काम गर्दछ: तोमनाथ उप्रेती

    अध्यात्म एक दर्शन हो, चिन्तन–धारा हो, विद्या हो, हाम्रो सांस्कृतिक परम्परागत विरासत हो, ऋषिहरू एवं मनीषिहरूको चिन्तनको निचोड हो, उपनिषद्हरूको दिव्य प्रसाद हो । आत्मा, परमात्मा, जीव, माया, जन्म–मृत्यु, पुनर्जन्म, सृजना–प्रलयको बारेमा आउने जिज्ञासालाई मेटाउने एउटा अद्भूत साधन अध्यात्म हो ।आध्यात्मिक बौद्धिकता विवेकबाट प्रेरित हुन्छ । हामीमाथि विवेकको शासन हुनुपर्छ । हुनत विवेकको लाभ सबै मान्छे लिन सक्दैन तर, जुन मान्छे विवेकको उपयोग गर्दैन, त्यो आध्यात्मिक हुन सक्दैन । विवेक भनेको सरलता, धैर्यता र विनम्रता हो । त्यो सबै मान्छे आध्यात्मिक बौद्धिकताको लाभ लिन सक्छ, जसले आफनो मनमाथि नियन्त्रण राख्दछ । यो अलग कुरा हो कि यस प्रयत्नले अहिलेसम्म कति सफलता प्राप्त भयो । अहिलेसम्म निर्मित स्थापनाहरू, धारणाहरू, विश्वास, कल्पना कुनै सीमासम्म यथार्थको परिधिलाई लुकाएर राखिएको हुन्छ । यो प्रश्न अनुत्तरित छ, यस दिशामा अनन्त प्रयत्नहरू अनेक उर्वर मस्तिष्कद्वारा गर्ने गरिएको छ । यसमा कुनै सन्देह छैन ।
    अध्यात्म परलौकिक विश्लेषण वा दर्शन होइन । अध्यात्मको शाब्दिक अर्थ स्वयमको अध्ययन हो । प्रत्येक जीवनको एक–एक शरीरमा पृथक सत्ता छ, त्यही अध्यात्म हो । शरीर भित्र चैतन्य छ, प्राण छ । त्यसभित्र आकाश पनि छ । यसबाहेक जे छ, त्यो अध्यात्म हो । अध्यात्मबारे यस्तो लेखिएको छ, ‘अध्यात्म फगत ईश्वरीय चर्चा होइन । यो स्वभाव जान्ने केमेस्ट्री हो । अध्यात्म मानव मनको तहको अजब–गजब रासायनिक विश्लेषण हो ।

    अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग छ । आत्मालाई परमात्माको अंश मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन–मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थन गर्नु नै आध्यात्मिक मार्ग हो । म को हुँ ? यो प्रश्नको खोजीबाट अध्यात्ममा प्रवेश गर्न सकिन्छ । शरीर त म होइन । हात, खुट्टा, आँखा, टाउको, मुटु, मिर्गौला, फोक्सो पनि ‘म होइन । म को हो त ? यही खोजले अध्यात्मको मार्गमा डोहो¥याउछ ।

    स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ । भनिन्छ, जब मान्छे भावनात्मक रुपले स्वस्थ्य हुन्छ उनलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन ।

    अज्ञात परतत्वको खोजी, परमात्माको खोजी, परमात्माको अस्तित्व, उसको स्वरूप, गुण, स्वभाव, कार्यपद्धति, जीवात्माको कल्पना, परमात्मासँग उसको सम्बन्ध, यस भौतिक संसारको रचनामा उसको भूमिका, जन्मसँग पूर्व र त्यसपछिको स्थितिका बारेमा गरिने जिज्ञासा, जीवन–मरणको चक्र र पुनर्जन्मको अवधारणा इत्यादि प्रश्नका बारेमा चिन्तन र चर्चाहरू गर्ने गरिएको छ । यसको आधारमा आ–आफ्नो अवधारणाबारे जानकारी दिइएको छ । यसैको आधारमा पुराणहरू एवं अन्य शास्त्रमा व्याख्याहरू, कथाहरू, सूत्र, सिद्धान्त समेत लेखिए ।

    आधुनिक भौतिक विज्ञानको विकासका साथ प्रयोगधर्मी अनुसन्धानहरू, तार्किक चिन्तन, गणितीय शोध, खगोल सम्बन्धी विभिन्न खोजहरू, पृथ्वीको आकार, गति तथा उसको सूर्य एवं समुच्य ग्रह मण्डलमा स्थितिको सही–सही आकलन गर्नु नै पुराना विश्वासहरु एवं मान्यता स्थापनाको आधार हो । यी कुराहरू अहिले अप्रासंगिक लाग्न थालेको छ ।

    अध्यात्मले मानव चेतनाको जागृतिसँग सरोकार राख्दछ । यसले व्यक्तिमा शान्तिकामी चिन्तन, मानसपटलको आचारसंहिता र कालजयी चिजको खोजी तथा त्यसले पार्ने असरसँग सम्बन्धित रहन्छ । त्यसो हुँदा हिंसा, कृत्रिम वाद एवं प्रतिवादभन्दा माथि उठेर विश्व कल्याणको मान्यतामा समाहित हुन्छ । हाम्रा ग्रन्थले मुखरित गरेका विषय गहन छन् अल्वर्ट आइन्स्टाइन, जर्मन दार्शनिक मुलर, इमानुयल कान्ट, फ्रेन्च दार्शनिक सोफेनहावरदेखि भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम र अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामासम्मले पूर्वीय दर्शनमा भएको अध्यात्मिक पक्षको महत्तालाई कुनै न कुनै रूपले अंगीकार गरेका छन् । आइन्स्टाइनले त अध्यात्मबिनाको विज्ञानलाई कमजोरको संज्ञा दिएका छन् । सोफेनहावरको श्रीमद्भगवतगीता सम्बन्धी चर्चाले पूर्वीय दर्शनमा भएको अध्यात्मको स्थानलाई पाश्चात्य समाजमा नयाँ खालको ऊर्जा दिएको छ ।अध्यात्मबिनाको राजनीति, समाज नीति, अर्थनीति या हरेक वाद एवं चिन्तन सबै अपूरो छ भन्ने विषयले विश्वका हरेक बौद्धिकलाई घचघच्याएको छ । अध्यात्म सांसारिकताभन्दा समस्त मानवहितको शक्ति तथा जीवनमुक्तिको आधारशिला हो । यसले व्यक्तिलाई समुद्र जस्तो गम्भीर बनाउने मात्र होइन, मानसिक सन्तुलन पैदा गर्छ । त्यसैले आजको हरेक क्षेत्रबाट विक्षिप्त समाजमा अध्यात्मिकताको विषयले प्रश्रय पाउनु जरुरी छ ।

    राजनीतिक तरलता तथा स्थिर सरकार नहुँदा विकासका हरेक पक्ष ठप्प छन् । यो अभियानसँग सम्बद्ध अध्यात्मिक क्रियाकलाप नै विकासको अपरिहार्य शक्तिका रूपमा स्थापित भएको छ । अध्यात्मले एकाड्ढी होइन एउटै बनाउन प्रेरित गर्छ । अध्यात्मिक ज्ञानले धर्मात्मा, पुण्यात्मा र महात्माभन्दा उच्च सर्वोच्च सत्ता निराकार ज्योति स्वरूप हुनुहुन्छ भन्ने सत्यलाई बोध गराउँछ । शरीरको मृत्यु भए पनि आत्माको अस्तित्व अमर छ भन्ने तथ्यलाई स्पष्ट गराउँछ । सम्पूर्ण मानव आत्मा आपसमा भाइ भाइ हौं । पवित्रता, शान्ति, प्रेम आत्माको स्वधर्म हो भन्ने वास्तविकताको अनुभूती गराउँछ । अध्यात्मिक ज्ञानद्वारा संसारलाई हेर्ने दृष्टिकोण नै सकारात्मक बनिदिन्छ । अध्यात्मिकता वास्तवमा सम्पूर्ण ज्ञान, विज्ञान, नीति, विचार, सिद्धान्त, खोज,अनुसन्धान र विचारधाराको साझा लक्ष्य हुनुका साथै पुनर्रोत्थानका लागि गहन पूर्वक सोच्नुपर्ने तथा आवश्यक पहल कदमी गर्नुपर्ने आवश्यकता छ ।

    अध्यात्मिक ज्ञानले मानिस भित्र श्रेष्ठ र उच्च कोटीका चिन्तनहरूको धारा प्रवाह गरिदिन्छ । मनमा निरन्तर शुद्ध, शुभ र सकारात्मक चिन्तनहरू उत्पन्न भइरहन्छन् । शुभ, शुद्ध र सकारात्मक चिन्तनले बुद्धिका लागि पौष्टिक आहारको काम गर्दछ । जसबाट बुद्धि शालीन, दिव्य र तीक्ष्ण बन्न पुग्दछ । बुद्धिको निर्णय शक्ति सशक्त र सही हुन जान्छ र यसबाट सत्कर्म गर्ने मार्ग प्रशस्त हुन्छ । अध्यात्मिक चिन्तनले मानिसलाई सबै प्रति निरन्तर शुभ सोच, परोपकारी भावना, सर्व हित र सुखद जीवनको कामना गर्ने एक महान् व्यक्तित्व निर्माण गर्नमा मद्दत गर्दछ । अध्यात्मिक चेतना र जागृतिबाट परिचालित व्यक्तिले कुनै पनि अवस्था र परिस्थितिमा नकारात्मक सोच र कुभलोका भावना पैदा गर्दैन । अध्यात्मिक उचाई साच्चै अनुमप छ, अलौकिक छ र सामान्य सोच भन्दा धेरै माथिल्लो विशिष्ट स्थान राख्दछ । वर्तमान व्यावहारिक मनस्थितिका मानिसलाई यो महान् पक्षलाई पचाउन र स्वीकार गर्न गाह्रो हुनसक्दछ तर महानताको शिखर चुम्न र प्रेरणाको स्रोत व्यक्तित्व विकास गर्न यस्तै उच्च अध्यात्मिक चेतना र चिन्तनलाई अवलम्बन गर्नु बाहेक अन्य विकल्प छैन ।

    हामी सबैको साझा चाहना छ कि संसार चिरकालसम्म सुख, शान्ति, समृद्धि र सुमधुर सम्बन्धको थलो बनोस् । धरती निवासी सम्पूर्ण मानवजाति कुनै पनि प्रकारको रोग, शोक, भोक, चिन्ता र भय–त्रासले पीडित नहोउन् । सबैले स्वास्थ्य, सम्पत्ति र खुशी सदाका लागि प्राप्त गर्न सकून् । समाजमा कुनै पनि प्रकारको भेदभाव, थिचोमिचो ,अन्याय,अत्याचार तथा पापाचारको स्थिति नरहोस् । हत्या, हिंसा, लडाईं, झगडा, युद्ध, संघर्षको वातावरण सदाका लागि समाप्त होस् सबै प्राणीको जीवनचक्र सही ढंगले चलोस् । विविध प्रजाति लुप्त हुने स्थिति, वातावरणीय प्रदूषण तथा असन्तुलनको संकट न रहोस् । प्रकृतिका तत्वहरू समेत आफ्नो मर्यादामा रहेर सधै सुख दिने काम गरुन् । कुनै पनि प्रकारको प्राकृतिक प्रकोपको चपेटामा पर्न न परोस् । प्रकृति सदा वसन्तवहार होस् । मानौ संसार स्वर्ग, पाराडाइज तथा रामराज्य बनोस् । मानिस मानिसकाबीच अत्यन्तै घनिष्ठ र सुमधुर सम्बन्ध कायम होस् । वसुधा भौतिक प्रचुरता, विपुलताका साथै अध्यात्मिक दिव्यता र अखण्डताले भरपूर होस् । यस्तो संसारको परिकल्पनालाई मूर्त रूप दिन साच्चै अध्यात्मिक चिन्तन–ज्ञान र राजयोग साधनाले नै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । तसर्थ प्रत्येक नर–नारीको प्रयत्न र पुरुषार्थ अध्यात्मिक सुदृढीकरण गर्नुपर्ने रहेको छ । अतः जीवनलाई महानताको शिखरसम्म पु¥याउने वास्तविक आधार नै अध्यात्मिकता हो भन्न अत्युक्ति हुनेछैन ।अध्यात्म पारलौकिक विश्लेषण वा दर्शन होइन । अध्यात्मको शाब्दिक अर्थ स्वयम्को अध्ययन हो । प्रत्येक जीवनको एक–एक शरीरमा पृथक सत्ता छ, त्यही अध्यात्म हो । शरीर भित्र चैतन्य छ, प्राण छ । त्यसभित्र आकाश पनि छ । यसबाहेक जे छ, त्यो अध्यात्म हो । अध्यात्मबारे यस्तो लेखिएको छ, ‘अध्यात्म फगत ईश्वरीय चर्चा होइन ।
    अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग रहेको हुन्छ । आत्मालाई परमात्माको अंश मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन–मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै अध्यात्मिक मार्ग हो ।म को हु? यो प्रश्नको खोजीबाट अध्यात्ममा प्रवेश गर्न सकिन्छ ।स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ । भनिन्छ, जब मान्छे भावनात्मक रुपले स्वस्थ्य हुन्छ उनलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन ।अध्यात्मिक सुख र आनन्द आफूभित्रैबाट प्राप्त हुन्छ । त्यो सुख मन, बुद्धि, चित्त र अहंकार शान्त भएपछि प्राप्त हुन्छ । मन शुद्ध गराउने साधन हो योग र ज्ञान । योग र ज्ञानबाट मन, बुद्धि र चित्तलाई आफ्नो स्वरुपमा राख्न सकिन्छ । मानिसको स्वरुप हो आत्मा । आत्माको ज्ञान नभए आफैलाई चिन्न सकिदैन । हामीले शरीरलाई आत्मा भन्छौं । यो हाम्रो भूल हो । आत्मा अविकारी छ, अविनाशी छ र अमर छ । शरीर मर्दछ । अध्यात्मवादीहरुले आत्मा र ईश्वरमा आस्था राख्छन । भौतिकवादीहरुले शरीरमा आस्था राख्छन । ज्ञान भनेको आत्मालाई परमात्मामा जोड्नु हो ।

    अहिले त जे कुरा हाम्रो अघि छ, तर्क र वैज्ञनिक प्रयोगसँग प्रमाणित गर्न योग्य छ । त्यही कुरा विश्वसनीय कुरा हुन् । अज्ञात, अबुझ, अपरिभाषित, कल्पनाजन्य, अप्रकट वा असिद्ध तत्व मान्य छ तर वैज्ञानिक विचारधारासँग मेल खानेवाला भएका कारण यो अस्वीकार्य भएको छ । फेरि पनि यदि उनीहरू आफ्नो भावना, धारणा, आस्था, मान्यताहरु व्यक्तिगत अनुभवको अनुकूल लाग्छ र हरेक व्यक्ति आफ्नो विश्वास बनाइ राख्नको लागि स्वतन्त्र छ ।यो पनि सही कुरा हो कि नैतिकता, पवित्र जीवनमूल्य, नकारात्मक कार्य र विचारबाट बच्नको लागि सामाजिक र राष्ट्रिय जीवनलाई आघात पु¥याउनुलाई पाप सम्झिनु, परोपकार, सत्य, न्याय, कर्तव्यनिष्ठा जस्ता शाश्वत मूल्य सदैव हाम्रो जीवनले प्रकाशित गर्ने गर्छ । यसमा कहिलै पनि विश्वास कम हुन दिनुहुँदैन । यही सच्चा अध्यात्म हो ।

    अध्यात्मले मनुष्यको व्यवहार एवं आचरणलाई सुधार गर्छ र उसको गलत संस्कारहरूमा परिवर्तन ल्याइ उसलाई असल मानवीयताको बोध गराउँछ । आध्यात्मिकताकै कुरा गर्दा योग र ध्यानको प्रसङ्ग पनि जोडिएर आउने गर्छ । योग र ध्यानले मनुष्यको विचारलाई श्रेष्ठ र व्यवस्थित तुल्याउँछ । साथै यसले हाम्रो मनको एकाग्र शक्ति बढाउँछ । जसले गर्दा ईर्ष्या, द्वेष, घृणा, क्रोध अथवा प्रतिशोधको भावनाले हाम्रोे मनमा जरा गाड्न पाउँदैन । वास्तवमा मनुष्य जीवनमा आइपर्ने सबै किसिमका व्यावहारिक समस्याहरूको समाधान मानिसको मनोभावनामा आधारभूत परिवर्तनबाट नै हुन सक्तछ र मनोभावनामा आधारभूत परिवर्तन ल्याउनु नै आध्यात्मिक ज्ञानको मुख्य उद्देश्य हो । किनकि आध्यात्मिक ज्ञानमा नै मानिसको विचार, भावना अनि मनोकाङ्क्षालाई सही दिशा दिने शक्ति अथवा क्षमता अन्तरनिहीत हुन्छ ।
    आज विज्ञान र प्रविधिको उच्चतम विकास गरी भौतिकवादी दृष्टिकोण अपनाइरहेका विकसित मुलुकहरूमा पनि जुन किसिमको हिंसा, कलह र अशान्ति मडारिंदै गइरहेको छ र यसबाट सामाजिक मूल्य मान्यताहरूमा समेत क्रमिक रूपमा ह्रास आइरहेको छ त्यो धर्म र आध्यात्म ज्ञानकै कमीको कारणले गर्दा हो । यसले विज्ञान प्रविधिले गरेको विकास र उपलब्धिलाई मानव हितमा यथोचित रूपले उपयोग गर्न नसकिएको यथार्थलाई नै उजागर गर्छ ।आध्यात्मिक ब्यक्तित्वहरू आफ्नो धर्म, आफ्नो समूह, आफ्नै जातपातबाट धेरै माथि ऊठेर प्राणी जगत संपूर्णलाई प्रेम र आदरभाव प्रकट गर्दछन् । हरेक धर्ममा आध्यात्मिक ब्यक्तिहरू त धेरै भेट्नुहुन्छ तर सबै धार्मिकहरू आध्यात्मिक हुंदैनन्। यस्तो निश्कर्ष कस्तो हुन्छ होला ‘सबै आध्यात्मिकहरू धार्मिक हुन्, सबै धार्मिकहरू आध्यात्मिक होईन ।
    आध्यात्मिक चिन्तनले संपूर्ण मानवजगतलाई जोड्ने काम गर्दछ भने कट्टर धार्मिक बिचारले एक आपसमा मतभेद र मनभेद सिर्जना गर्छ । यो धर्म ठूलो, यो धर्म पुरानो, त्यो धर्म अनुशरण गर्नेहरूको संख्या ठूलो, त्यो धर्म अनुशरण गर्नेको संख्या कम आदि ईत्यादी । कहिलेकहिं त धर्म विवादमा यूद्ध समेत हुने गरेकोछ। आध्यात्मिक चिन्तनले यस्तो अपराध कर्म स्विकार गर्दैन ।आध्यात्मिक बाटोमा कुनै निश्चित नियम कानुनको बन्देज हुंदैन। तपाईंहाम्रो अन्तरआत्माले सत्य मानेको, चिन्तन गरेको सत्य नै आध्यात्मिक सत्य हो। कतिपय धार्मिक स्थानमा अर्को धर्मका अनुयायीहरूलाई प्रवेश दिईंदैन (आध्यात्मिक चिन्तनमा कुनै तगारो, नियम कानुन हुँदैन ।

    धर्मले सत्य बताउँछ । यसो गर्नुहुन्छ र यसो गर्नु हुककदैन। आध्यात्मले अन्वेशण गर्दछ कि यी संपूर्ण भनाईहरूनै अन्तिम सत्य हुन् त रु अर्थात प्राणी र पृथ्वीको कसरि ऊत्पति भयो भन्ने कुरा हरेक धर्मले अलग अलग ब्याख्या गरेपनि आध्यात्मिक चिन्तनले एऊटा सत्यको नजिक पुग्ने प्रयाश गर्छ ।अशल कर्म र सजायको ब्याख्याले पनि धार्मिक र आध्यात्मिक चिन्तनलाई निर्धारण गर्छ । यस्तो यस्तो कर्म गर्यो भने सजाय मिल्छ भनेर धर्ममा ऊल्लेख गरिएको हुन्छ । आध्यात्मिक चिन्तनमा अशल कर्मप्रति आकर्शणको ब्याख्या गरिएको हुन्छ। सदैव अशल कर्म गर्यो भने नर्कको डर मान्नु नै पर्दैन । धर्म त एऊटा कानुन जस्तो मात्र प्रतित हुन्छ धारण गरिएन भने ठूलो सजाय मिल्छ। आध्यात्म त शालीन र आदर्श जीवनशैलीको महत्वपूर्ण अंग हो ।आध्यात्म स्वतन्त्र छ । पुराना कहावत वा भगवानहरूको अर्ति ऊपदेशमा मात्र आफूलाई समाहित बनाऊनुपर्छ भन्ने छैन। आफैंले स्वतन्त्र चिन्तन द्वारा आफ्नैलागि आध्यात्मिक बाटो निर्माण गर्नसकिन्छ । यध्यपि त्यस्ता अर्ति र ऊपदेशलाई ऊत्प्रेरणा स्वरूप ग्रहण गर्न सकिन्छ (सदैव त्यहि नै अन्तिम सत्य हो भन्ने होईन । समय सापेक्ष आत्म समिक्षा सहितको निर्णय नै आदर्श जीवनशैली हो ।

    अज्ञात परतत्वको खोजी, परमात्माको खोजी, परमात्माको अस्तित्व, उसको स्वरूप, गुण, स्वभाव, कार्यपद्धति, जीवात्माको कल्पना, परमात्मासँग उसको सम्बन्ध, यस भौतिक संसारको रचनामा उसको भूमिका, जन्मसँग पूर्व र त्यसपछिको स्थितिका बारेमा गरिने जिज्ञासा, जीवन–मरणको चक्र र पुनर्जन्मको अवधारणा इत्यादि प्रश्नका बारेमा चिन्तन र चर्चाहरू गर्ने गरिएको छ । यसको आधारमा आ–आफ्नो अवधारणाबारे जानकारी दिइएको छ । यसैको आधारमा पुराणहरू एवं अन्य शास्त्रमा व्याख्याहरू, कथाहरू, सूत्र, सिद्धान्त समेत लेखिए ।
    आधुनिक भौतिक विज्ञानको विकासका साथ प्रयोगधर्मी अनुसन्धानहरू, तार्किक चिन्तन, गणितीय शोध, खगोल सम्बन्धी विभिन्न खोजहरू, पृथ्वीको आकार, गति तथा उसको सूर्य एवं समुच्य ग्रह मण्डलमा स्थितिको सही–सही आकलन गर्नु नै पुराना विश्वासहरु एवं मान्यता स्थापनाको आधार हो । यी कुराहरू अहिले अप्रासंगिक लाग्न थालेको छ ।
    अहिले त जे कुरा हाम्रो अघि छ, तर्क र वैज्ञनिक प्रयोगसँग प्रमाणित गर्न योग्य छ । त्यही कुरा विश्वसनीय कुरा हुन् । अज्ञात, अबुझ, अपरिभाषित, कल्पनाजन्य, अप्रकट वा असिद्ध तत्व मान्य छ तर वैज्ञानिक विचारधारासँग मेल खानेवाला भएका कारण यो अस्वीकार्य भएको छ । फेरि पनि यदि उनीहरू आफ्नो भावना, धारणा, आस्था, मान्यताहरु व्यक्तिगत अनुभवको अनुकूल लाग्छ र हरेक व्यक्ति आफ्नो विश्वास बनाइ राख्नको लागि स्वतन्त्र छ ।यो पनि सही कुरा हो कि नैतिकता, पवित्र जीवनमूल्य, नकारात्मक कार्य र विचारबाट बच्नको लागि सामाजिक र राष्ट्रिय जीवनलाई आघात पु¥याउनुलाई पाप सम्झिनु, परोपकार, सत्य, न्याय, कर्तव्यनिष्ठा जस्ता शाश्वत मूल्य सदैव हाम्रो जीवनले प्रकाशित गर्ने गर्छ । यसमा कहिलै पनि विश्वास कम हुन दिनुहुँदैन । यही सच्चा अध्यात्म हो ।
    छुन नसकिने, नाप्न नसकिने, देख्न नसकिने, आंक्न नसकिने चेतना जुन विना जीवन असम्भव छ । यो चेतनाको अस्तित्वलाई मान्ने पक्षधरलाई धर्म र अध्यात्मले प्रतिनिधित्व गरेको हुन्छ । यसको स्वभावलाई आत्मसाथ गरी दैनिक जीवनमा यसलाई अंगाल्न सके जीवनको गुह्य रहस्य बुझ्न सकिन्छ जसले मानव हुनुको रहस्योदघाटनब गर्दै सत्यको अनुभूति गराउछ । कहिल्य नसुल्झने रहस्य बनेको प्रकृति , ईश्वर , र मानव जीवनको खोजलाई सुल्झाउने र यसलाई एकै सुतिमा बाध्न सुझाउने तत्व नै अध्यात्म ज्ञान हो िअध्यात्म मार्गबाट मानव जीवनलाई प्रयोग गरी यसमा रहेको चेतनालाई परम चेतनामा समाहित गराउन सकिन्छ ।  ( उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)