तपाईं भरखर शाखा अधिकृत पास हुनुभएको छ, कस्तो अनुभूति भईरहेको छ?
लामो समयको तयारीले ल्याउने सफलता सानै भए पनि हरेक मानिसलाई रमाइलो अनुभूति दिन्छ, म धेरै खुसी छु।
यो सफलता प्राप्तिका लागि यहाँले कसरी तयारी गर्नु हुन्थ्यो?
तयारी गर्ने तरिका हरेक ब्यक्तिको स्वाभाव अनुसार फरक फरक हुन्छन, मेरो भने तयारी गर्ने कुनै समय तालिका थिएन र एउटै format पनि थिएन, म पढाईको मामलामा मनमर्जी गर्ने गर्छु, मनलाग्दा र मूड बन्दा घन्टौ पढ्छु भने मन नलागे किताबै नछुने बानी छ मेरो।
मैले कहिलै note बनाएर पढ्ने बानी बसाल्न सकिन, सके सम्म किताबै पढ्ने र प्रश्नहरु हेर्ने अनि तेस्को rough उत्तर कुनै पनि resource नहेरी लेख्ने बानी छ मेरो। लेखिसके पछि के छुट्यो भनेर दांजेर हेर्छु, अनि छुटेको र महत्वपुर्ण लागेको वाक्य वा शब्दलाई underline गर्ने र बारम्बार तेहि underlined गरेको ठाउमा focus गर्ने गर्छु। प्रथम पत्रको तयारी गर्ने तरिका अलि फरक हुन्छ, मैले सामान्य ज्ञान पढ्ने बेला पनि अप्ठ्यारो लागेका र सम्झन नसकेका प्रश्नलाई underline गरेर दोहोर्याइ तेहेर्याइ पढ्ने गर्थें। मेरा लोकसेवा पढ्ने बेला नजिक बाट देखेका साथिहरुले मैले पढेको पुस्तक भेटाए भने जहाँ भेटाए पनि मेरो पुस्तक हो भन्ने चिनीहाल्छ्न, मैले पढ्ने बेला सधै गित सुनेर पढ्ने गर्थें , गीत सुन्दै जांदा मन छुने टुक्का आयो भने त्यो टुक्का किताबमै सार्ने मेरो बानी छ। संगीत सुन्दै पढ्दा दिमाग शान्त रहन्छ र बाहिर को हल्ला ले पढाईलाई बिथोल्न पाउदैन, दिमाग किताबमा केन्द्रीत गर्न सहज हुन्छ। यसरी नै मैले तयारी गर्ने गथ्ये।
अध्यनका लागि कुन र कति समय छुटुयाउनु हुन्थ्यो?
मेरो पढ्ने समयको कुनै निस्चितता हुदैन, कुनै समय म 15/16 घन्टा सम्म पढ्छु भने कुनै समय दिनको 1/2 घन्टा मात्रै पनि पढ्छु, परिक्षाको समय अलि नजिक आउन लागेसी भने दिनको 5/6 घन्टा प्राय पढ्ने गर्छु।
लोक सेवा तयारीका कलास र पुस्तकले तयारीमा कस्तो टेवा पुग्छ?
प्रशिक्षकले सिकाउने लेख्ने शैली र पढ्ने तरिकाले आफुलाई छिटो बुझ्ने र आकर्षक तरिकाले लेख्न सक्ने बनाउछ। तयारी कक्षाले लोकसेवा तयारी गर्नेहरु बिचको सामिप्यता पनि बढाउछ जुन मित्रता जीबनका अन्य क्षेत्रमा पनि हौसला प्रदान गर्नेखालका हुन्छ्न। हुन त मैले धेरै तयारी कक्षाहरु लिन पाइन, म कपिलबस्तु जिल्ला र रुपन्देही जिल्लामा कार्यरत थिए, उपत्यका बाहिर अधिकृत स्तरका तयारी कक्षाहरु हुदैनन, भए पनि तयारी गर्ने उम्मेदवारको कमिका कारण पाठ्यक्रम पूरा गर्न कठिनाइ हुन्छ, तर मैले खरिदार तयारी गर्दा बुटवलको एउटा ईन्स्टिच्युट मा तयारी कक्षा लिएको छु, एकलै घरमा बसेर पढ्दा अलिकती पढेर जानेपछी सबै जानियो भन्ने भ्रम सिर्जना हुन्छ, तर तेस्ता कक्षामा गएसी आफुजस्ता धेरै उम्मेदवारहरुको बिषयबस्तुको ज्ञानको स्तर थाहा हुन्छ र आफ्नो स्तर तुलना गर्न पाइन्छ। जसले अझै मिहिनेत गर्ने हौसला दिन्छ।
अध्यन गर्दा कस्ताखाले सामाग्री छनोट गर्न उपयुक्त हुन्छ र यहाँले कस्ता सामाग्रीलाई पढ्न प्रार्थमिकता दिनुहुन्थ्यो?
बजारमा धेरै छनौटको अबसर प्राप्त छ्न, धेरै लेखक तथा प्रशिक्षकहरुले पुस्तक प्रकाशन गर्ने लहरै चलेको परिपेक्षमा कुन लेखकको सामग्री राम्रो भन्ने छुट्याउन गार्है पर्ने स्थिती छ। तर म भने लेखकको छनौट तिर लाग्दिन, पाठ्यक्रम हेर्ने र सबै बिषयका एक–एक पुस्तक राम्रो सँग अध्यन गर्ने, कुनै बिषय छुटेको वा अस्पष्ठ लागेमा online बाट खोजेर बुझ्ने कोसिस गर्छु, बिज्ञका लेखहरु पढ्ने, सरकारका आधिकारिक website मा भएका पाठ्यसामग्री बाट खोजेर पढ्ने मेरो बानी छ। पुस्तकको छनौट को बिषयमा प्राय सबै लेखकले सबैजसो बिषयबस्तु समेटेकै हुन्छ्न, एउटा पुस्तकलाई राम्ररी बुझेर पढे काफी हुन्छ भन्ने मेरो बुझाई छ। मैले सकेसम्म आधिकारिक श्रोतको सहायता लिने गर्छु।
लोकसेवाप्रति युवा आकर्षण कस्तो देख्नुहुन्छ?
नेपालको सरकारी सेवामा युवाहरुको आकर्षण घट्दो छ, युवाहरु नेपालमै बस्न चाहान्नन भन्दै बजारमा धेरैजना ले भन्ने गरेको सुनिन्छ, र यो केही हद सम्म सत्य पनि हो। तर बजारमा भने जस्तो सरकारी सेवालाई चाहिने जनशक्ति नै नभेटिने गरि युवाहरु निरुत्साहित भएका छैनन, निजामती (प्रशाशन) सेवामा engineering, A.G, forestry लगाएतका बिधाका विद्यार्थीको आगमन बढेको छ, एस्ले निजामती सेवाको चाख युवापुस्तामा बढेको पुष्ठि गर्छ। अहिले पनि 200-250 जनाको लागि खुल्ने साखा अधिकृतको बिज्ञापनमा 20/22 हजार आबेदन पर्छ्न, यो सानो प्रतिस्पर्धा हैन, तर अहिलेको पुस्ताको बिदेशमोह लाई हेर्दा आउदो केहि दशक सम्म येहि अबस्था रहे नेपालमा युवा पुस्ताको अभाब हुने निस्चित छ, यो बिषयमा सोच्नु पर्ने जरुरी।
लोकसेवा तयारी गरिरहेका परिक्षार्थीहरुलाई कस्तो सन्देश दिन चाहानु हुन्छ?
लोकसेवा तयारीमा लागिरहनु भएका साथिहरुले फेसबूक लगाएतका सामाजिक संजालमा अनावश्यकरूपमा आउने हल्लाको पछि नलागी, आफ्नो क्षेमता माथि विश्वास गर्दै, निरन्तर अध्यन गर्नुपर्छ लोकसेवामा सफलता निश्चित छ। बजारमा एकै पटक मा एति ठाउमा नाम निकाले, नपढी निकाले जस्ता धेरै खाले viral खबर आउछ्न तेस्ता खबर सत्य नहुन पनि सक्छ्न, उस्तै र एउटै तहमा 10 वटा बिज्ञापनमा परीक्षा दिएसी हजुर को पनि सबै तिर नाम निस्कछ्न, तर नपढी नाम निस्कन्न तेस्मा ढुक्क हुनु पर्छ, लोकसेवामा पढेको मान्छे फेल हुन्छ, तर नपढेको मान्छे कहिलै पास हुन्न। मैले लोकसेवाको तयारी 2073 साल पौष महिना बाट थालेको हुं, र निरन्तर पढिराखेकै छु, यो सफलता लामो समयको निरन्तर प्रयासले सम्भव भएको हो। तेसैले एकै पटकमा नाम निकाल्नेको कथा सुनेर आफुलाई आत्मग्लानी महसुस नगराउनु होला। लोकसेवा पास गर्नु शुद्ध पानी उम्लनु जस्तै हो। शुद्ध पानी 99.9999…°c सम्म ताते पनि उम्लिदैन, तेस्को लागि 100°C नै तापक्रम चाहिन्छ, 100°C भन्दा कम तापक्रम भएको पानीलाई उम्लेको पानी भन्न पनि सकिँदैन। लोकसेवा पास गर्न पनि त्यो 100°C को सिमा पार गर्नु पर्छ, हजुर आफुलाई 100°C मा पुर्याउनुस, त्यो सिमा हजुर ले पार गरेको दिन, हजुर को नाम पनि जती ठाउमा परीक्षा दिनुहुन्छ तेति ठाउमा निस्कन्छ।