चैतन्य खबरले शाखा अधिकृतमा सिफारीस भएका शाखा अधिकृतसँग अन्तर्वार्ताको सेसन सुरु गरेको छ। शाखा अधिकुत सम्म आईपुग्दा कसरी तयारी गर्नु भएको थियो र कसरी तयारी गर्दा सफलता प्राप्त हुन्छ भन्ने विषयमा चैतन्य खबरको लागि निर्मला कडायतले भरखरै शाखा अधिकुतमा पास हुनुभएका शाखा अधिकृत गणेश रेगीसँग गरेको संवादको सम्पादित अंश:
तपाईं भरखर शाखा अधिकृत पास हुनुभएको छ, कस्तो अनुभूति भईरहेको छ?
मैले शाखा अधिकृत पास गर्दा एकदमै खुसी अनूभूति भईरहेको छ। निजामति सेवाको एकदमै महत्वपूर्ण चरण पारै गरेको जस्तो लागेको छ। मैले निजामति सेवाको सुरुवात वि.स. २०७५ मंसिर २१ गते खरिदार पदमा उतिर्ण गरे र वि. स. २०७९ बैशाख ५ गतेबाट नायव सुब्बा पदमा सिफारीस भए। पुनः २०८० फागुन २ गते मेरो शाखा अधिकृतमा नियुक्ति भयो। र अहिले मेरो छैटौं तहमा निजामती सेवामा रनिङ छ ।
यो सफलता प्राप्तिका लागि यहाँले कसरी तयारी गर्नु हुन्थ्यो?
मैले शाखा अधिकृत २०७९ साल बाट तयारी सुरु गरेको थिए। २०८० मा म शाखा अधिकृत उतिर्ण भए।, यसका लागि मैले धेरे नै मेहेनत गर्नु पर्यो। मैले online commando class लिए। चैतन्यको शनिबारीय निशुल्क कक्षामा सहभागी भए र model exam पनि धेरै दिए यसले गर्दा मलाई पढाईमा थप सहयोग पुग्यो। अर्को बजारमा उपलब्ध किताबहरुको पनि अध्यन गरियो। पत्रपत्रिकाको पनि अध्यन गरे यिनै कुराहरुले मलाई यो सफलता प्राप्त गर्न मदद्त गर्यो।
अध्यनका लागि कुन र कति समय छुट्याउनु हुन्थ्यो?
मैले अध्यनका लागि दैनिक समय ८ देखि १० घण्टा जति छुट्यायको थिए। बिहान–साँझ English, IQ, G.K लाई एउटा सिप्टमा समय रwritten (2nd, 3rd, 4Th) लाई अर्को सिप्टमा समय दिएर पढ्ने गरेको थिए । सबै पढाईका विषय वस्तुलाई औषतमा समय दिएर पढ्थ्ये। औषतको पढाई लोकसेवाका लागि निकै महत्वपूर्ण हुन्छ।
लोकसेवा तयारकिा कलास र पुस्तकले तयारमिा कस्तो टेवा पुग्छ?
लोकसेवा तयारीका दौरानमा लोकसेवा आयोग तयारी कक्षा र पुस्तकले निकै महत्वपूर्ण भूमिका खेल्दछ।
अध्यन गर्दा कस्ताखाले सामाग्री छनोट गर्नु उपयुक्त हुन्छ र यहाँले कस्ता समाग्री लाई बढी प्राथमिकता दिनुहुन्थ्यो?
–अध्यन गर्दा पत्रपत्रिका, राष्ट्रिय स्तरका लेख रचनाहरुको अध्यन गर्ने।
–सरकारी निकायका प्रतिवेदन, सम्पादन गरेका विवरण हरुको अध्यन गर्ने।
–सुचना तथा परिपत्रहरु अध्यन गर्ने।
–दक्षा भरपर्दो शिक्षकले लेखेका पुस्तकहरु को अध्यन गर्ने।
–मोडल exam का प्रश्नपत्र र परिक्षाका उत्तर पुस्तिकाकोfree back को अध्यन गर्ने।
–ऐन कानुन र तिनका संसोधनको अध्यन गर्ने।
–अन्तराष्ट्रिय महत्व विषय, सन्धी, सौझौता र सम्मेलनका विषय वस्तहरुको अध्यन गर्ने आदि कुराको अध्यन गनुपर्छ र यिनै सामाग्रीहरु छनोट गर्नुपर्छ।
लोकसेवा प्रति युवा आकर्षण कस्तो देख्नु हुन्छ?
लोकसेवा प्रति युवा आकर्षण पछिल्लो समय बढ्दो छ। जस्तो की हाम्रो साथिहरु पनि BAT–38 मा पनि Bse. Ag, B–foresty, farmaey गरेका विभिन्न फिल्टका साथिहरु पनि अहिले लोकसेवा प्रति निकै आकर्षित देखिएका छन। यति मात्रै नभई एकचोटी विदेश गएर फर्किएका विद्यार्थीहरु पनि अहिले लोकसेवम प्रति आकर्षित देखिएका छन।
लोकसेवा तयारी गरिरहनु भएका परिक्षार्थीहरुलाई कस्तो सन्देश दिन चाहानु हुन्छ?
पहिलो कुरा त लोकसेवाप्रति विश्वास बढाउन आवश्यक छ। अझै पनि पढे लेखेका मानिसहरूलाई लोकसेवामा विश्वास हुन सकिरहेको अवस्था छैन त्यसैले लोकसेवाप्रति विश्वास गर्न पनि धेरै नै जरुरी छ। अर्को कुरा हार मान्नु हुँदैन। आत्मविश्वासका साथ पढ्नुपर्छ। पहिलो पटकमा नै त कोहि सफल हुन सक्छ कोही असफल हुन सक्छ, तर निरन्तर असफलतापछि अवश्य पनि एक पटक सफलता हाँसिल गर्न सकिन्छ। नोटहरू बनाएर तयारी गर्ने। तयारी गर्दा मेहेनतका साथ गनुपर्छ सफलता निश्चित छ।