चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 838 of 1151
  • 2026-11-21
  • 02:46:11
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए । शेर्पालाई प्रहरीले खोजिरहेको छ । शेर्पा अहिले मोबाइल फोन स्विच अफ गरेर सम्पर्क विहीन बनेका छन् ।

News by नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी :